2026-07-24 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ ज्वालामुखीका एक युवामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

वैशाख २, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिकामा एक युवामा कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । उनि ४२ दिन अघि कोरियाबाट फर्किएका हुन् । 

मंगलबार गाउँपालिकामा भारत लगाएत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको र्यापीड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको ज्वालामुखी गाउँपालिकाका प्रमुख विनोदराज तिमल्सिनाले साझा सबाललाई जानकारी दिए ।

ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । कोरोना पोजेटिभ देखिएका ति युवा २७ वर्षिय युवा हुन् । दक्षिण कोरियाबाट गत फागुन २१ गते घर फर्किएका थिए । उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ । उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेपनि आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए ।

टेकुमा पुन: परीक्षण 

रिपोर्ट पोजेटिभ देखिएका युवालाई धादिङ सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन: परीक्षणको लागि पठाइने भएको छ।

साथै नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि गरिरहेको र पोजेटिभ देखिएका व्यक्तिको थप रिपोर्ट आएपछि उनीको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने धादिङका  प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक