2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेश: तीन हजार ९१७ को नमूना नेगेटिभ

वैशाख ३, धनगढी | कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म  भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो । प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ । 

मङ्गलबारसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ । यही पद्धतिबाट नमूना सङ्कलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना सङ्क्रमितका पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ । 

यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना सङ्कलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरी लगेको थियो ।

स्वास्थ्य सामग्री प्राप्त 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा सेती प्रदेशिक अस्पतलालाई सोमबार दुई हजार ५०० थान पिपिइ, पाँच हजार थान मास्क, पाँच हजार थान ग्लोब्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको  छ  ।

सुदूरपश्चिम प्रदेशमा शुरुमा दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको केही दिनपछि नजानिँदो ढङ्गले सम्पर्कमा आएकी उहाँकी ३४ वर्षीया भाउजूमा कोरोना देखिएको थियो । 

सोही दिन कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीका अर्का पुरुषमा पनि कोरोना देखिएको पुष्टि भएकोमा सोमबार मात्र लम्कीका एक महिलामा कोरोना देखिएको पुष्टि भएको हो । 

संसर्गमा आएका सबै क्वारेन्टाइनमा

सोमबार कोरोनाको सङ्क्रमण भएको पुष्टि भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलासँग भेटघाट गर्ने ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितसँगै वीरगञ्जबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

पत्रकारको नतिजा नेगेटिभ

कोरोना भाइरसको परीक्षणका लागि नमूना दिएका धनगढीका दश पत्रकारको पिसिआर पद्धतिबाट गरिएको प्रयोगशाला जाँचको नतिजा नेगेटिभ आएको छ । कोरोनाको सन्त्रासपछि गौरीफन्टा सीमा नाकामा समाचार सङ्कलनका लागि पुगेका पत्रकारको नतिजा नेगेटिभ आएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई