२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिम प्रदेश: तीन हजार ९१७ को नमूना नेगेटिभ

३ बैशाख २०७७, बुधबार ०३:५४

वैशाख ३, धनगढी | कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म  भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो । प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ । 

मङ्गलबारसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ । यही पद्धतिबाट नमूना सङ्कलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना सङ्क्रमितका पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ । 

यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना सङ्कलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरी लगेको थियो ।

स्वास्थ्य सामग्री प्राप्त 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा सेती प्रदेशिक अस्पतलालाई सोमबार दुई हजार ५०० थान पिपिइ, पाँच हजार थान मास्क, पाँच हजार थान ग्लोब्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको  छ  ।

सुदूरपश्चिम प्रदेशमा शुरुमा दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको केही दिनपछि नजानिँदो ढङ्गले सम्पर्कमा आएकी उहाँकी ३४ वर्षीया भाउजूमा कोरोना देखिएको थियो । 

सोही दिन कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीका अर्का पुरुषमा पनि कोरोना देखिएको पुष्टि भएकोमा सोमबार मात्र लम्कीका एक महिलामा कोरोना देखिएको पुष्टि भएको हो । 

संसर्गमा आएका सबै क्वारेन्टाइनमा

सोमबार कोरोनाको सङ्क्रमण भएको पुष्टि भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलासँग भेटघाट गर्ने ५४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितसँगै वीरगञ्जबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

पत्रकारको नतिजा नेगेटिभ

कोरोना भाइरसको परीक्षणका लागि नमूना दिएका धनगढीका दश पत्रकारको पिसिआर पद्धतिबाट गरिएको प्रयोगशाला जाँचको नतिजा नेगेटिभ आएको छ । कोरोनाको सन्त्रासपछि गौरीफन्टा सीमा नाकामा समाचार सङ्कलनका लागि पुगेका पत्रकारको नतिजा नेगेटिभ आएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान