2026-08-29 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउन प्रभाव: एक युवाको बुङ्गकोटघाट पुलबाट खसेर मृत्यु

अनिल अधिकारी | वैशाख ४, काठमाडौँ | चितवनमा मुजदुरी गर्दै आएका एक युवाको आफ्नै गाउँ नजिकैको बुंकोटघाटपुलबाट खसेर मृत्यु भएको छ । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्वर ५ स्थित बाझाघर स्थाई घर भएका होम बहादुर राना मगरको बुधबार राति पुलबाट खसेर मृत्यु भएको हो ।

घटनास्थलमा पुगेका ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णप्रसाद काप्रीका अनुसार मृतकले बुधबार राति आफू घर आईरहेको जानकारी परिवारलाई समेत गराएका थिए । मृतक रानाले परिवारलाई आफूलाई लिन आउन भनेपछि परिवार उनलाई लिन बुधबार राति करिव ११ बजेतिर बुंकोटघाट पुगेको थियो तर पुल वरपर खोज्दा कतै फेला नपारेपछि र फोन पनि पनि नलागेपछि फर्किएका थिए । बिहिबार बिहान पुन: खोज्न जाँदा पुल मुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो । 

मृतक राना लकडाउन अघि परिवारसहित चितवनमा बस्दै आएका थिए । लकडाउन अघिनै उनको परिवार गाउँ फर्किए पनि उनि भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए तर लामो समयसम्म लकडाउन जारी रहेपछि उनि गाउँ फर्किएको परिवार स्रोतले बताएको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना समेत रहेको बुढीगण्डकीस्थित बुंकोटघाट पुलमा लकडाउनको कारण स्थानीयले आवतजावतमा कडाई गर्दै पुलमा छेकबार गरेका छन् । बुधबार राति उक्त छेकबार पार गरेर केहि वर आएपछि नदि किनारमा खसेको वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले जानकारी दिएका छन् । उनले भने – ‘छेकबार लगाइएको ठाउँबाट खसेका होइनन् । त्यहाँबाट खस्दा नदीले बगाउथ्यो, केहि वर आएपछि खसेका हुन् । परिवारका सदस्यलाई समेत पुलसम्म लिन आउन भनि फोनमार्फत खबर गरेका कारण उनि पुलको छेउमा आई बसेको अवस्थामा निदाएर वा झुक्किएर खसेको हुन सक्छन् ।’ 

बिहिबार बिहान पुलबाट खसेको व्यक्ति समेत सोहि छेकबार नाघ्ने क्रममा खसेको आरोप लगाइएको थियो । तर त्यहाँबाट खस्दा सिधै नदीमा खस्ने घटनाको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पुल तथा सडकमा छेकबार नलगाउन भन्दै बिरोध

जारी लकडाउनमा पुलबाट मानिसहरु वारपार गर्न सक्ने तथा कोरोना नियन्त्रणमा गरिएका प्रयासहरु विफल हुनसक्ने भन्दै बुंकोटघाट पुलमा स्थानीयले छेकबार गरेका छन् । साथै सडकमा समेत रुख ढालेर सवारी आवातजावतमा अवरोध खडा गराइएको छ । यस विषयमा बिभिन्न टिप्पणीहरु गरिएका छन् । 

रूख काटेर बाटो छेकेको तथा पुलमा छेकबार गरिएको भन्दै बिरोध गरिएको हो । त्यसरी छेकबार गर्दा तथा बाटोमा अवरोध गर्दा अत्यावश्यक एम्बुलेन्स सेवा समेत प्रभावित हुनसक्ने भन्दै आलोचना गरिएको छ । सडक तथा पुलमा भाँजो हालेर समस्याको समाधान नहुने भन्दै त्यसलाई हटाउन आग्रह गरिएको छ । 

माथिको तश्वीर: ज्वालामुखि ५ स्थित सडकमा स्थानीयले सडक छेक्न ढालेको रुख पार गर्ने क्रममा लकडाउन पालना गर्न भन्दै माइकिङ गर्दै हिडेको एक टोली । तश्वीर: फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो