2026-07-24 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम जारी

वैशाख ४, काठमाडौँ | काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ ।

अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ‘लकडाउन’ का कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिन्ह लगाइएको हो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । 

धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको उहाँले बताउनुभयो । उपत्यकामा बालुवाटार, रामशाह पथ, सुन्धारालगायतका धेरै स्थानमा सडकमा चिन्ह लगाइएको छ । उहाँले भन्नुभयो, “सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भएपनि अहिले सडक खाली हुँदा काम गर्न पनि सजिलो भयो ।” सडकका दुबै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिन्ह लगाइएको हो । 

काठमाडौँ उपत्यकामा धेरै स्थानमा ‘ओभर ले’ को काम ‘लकडाउन’ का कारण ठप्प छन् । तीनकुने–गौशाला लगायत एकातिर काम सकिएर अर्काे लेनतर्फ गर्न बाँकी रहेकाले त्यस्ता सडकमा भने चिन्ह लगाइएको छैन । उहाँले भन्नुभयो, “अर्को लेनमा कालोपत्र गर्दा रङ्ग जाने हुनाले अहिले नगरिएको हो ।”

‘लकडाउन’ का समयमा सडक चिन्ह लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारीसधानको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिन्हले उपत्यकाको मुहार नै फेरिएको छ । ‘लकडाउन’ मा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्यौल भएपनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिन्हका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक