११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम जारी

४ बैशाख २०७७, बिहीबार ०८:३०

वैशाख ४, काठमाडौँ | काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ ।

अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ‘लकडाउन’ का कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिन्ह लगाइएको हो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । 

धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको उहाँले बताउनुभयो । उपत्यकामा बालुवाटार, रामशाह पथ, सुन्धारालगायतका धेरै स्थानमा सडकमा चिन्ह लगाइएको छ । उहाँले भन्नुभयो, “सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भएपनि अहिले सडक खाली हुँदा काम गर्न पनि सजिलो भयो ।” सडकका दुबै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिन्ह लगाइएको हो । 

काठमाडौँ उपत्यकामा धेरै स्थानमा ‘ओभर ले’ को काम ‘लकडाउन’ का कारण ठप्प छन् । तीनकुने–गौशाला लगायत एकातिर काम सकिएर अर्काे लेनतर्फ गर्न बाँकी रहेकाले त्यस्ता सडकमा भने चिन्ह लगाइएको छैन । उहाँले भन्नुभयो, “अर्को लेनमा कालोपत्र गर्दा रङ्ग जाने हुनाले अहिले नगरिएको हो ।”

‘लकडाउन’ का समयमा सडक चिन्ह लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारीसधानको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिन्हले उपत्यकाको मुहार नै फेरिएको छ । ‘लकडाउन’ मा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्यौल भएपनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिन्हका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य