२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीमा समितिद्वारा कोरोना भाइरस बीमालेख जारी गर्ने निर्णय, एकलाख सम्मको बीमा गर्न सकिने

२०७७, ४ बैशाख बिहीबार ११:०६

मनोज  पराजुली। बैशाख ४,काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड -१९) को रोगबाट रक्षावरण हुनेगरी बीमालेख जारी गर्ने निर्णय गरेको छ । हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोरोना भाइरस सम्बधि बीमालेख जारि गर्न सबै निर्जीवन बीमा कम्पनीहरुको बीमा पुल मार्फत निर्देशन गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साझा सबाललाई जानकारी दिए ।

कोरोना भाइरसलाई लक्षित गर्दै एक लाख र ५० हजारगरि २ वटा बीमालेख जारी गर्न सकिने व्यवस्था गरिएको पौडेलले बताए । श्रेणी 'क' र 'ख' गरि जारी हुने बीमालेखामा एक लाख रुपैंयासम्मको बीमा गर्दा एक हजार रुपैंया प्रिमियम शुल्क लाग्ने र परिवारका सबै सदस्यहरुको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैंया बीमा शुल्क लाग्ने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै 'ख' श्रेणी अन्तर्गत ५० हजार रुपैंयासम्म बीमा गर्न सकिने र सो बापत प्रतिव्यक्ति ५ सय बीमा शुल्क तोकिएको छ । यस अन्तर्गत परिवारका सबै सदस्यको बीमा गर्न चाहेमा थप ३ सय बीमा शुल्क निर्धारण गरिएको पौडेलले बताए ।

यस पोलिसी अन्तर्गत बीमा गर्ने व्यक्तिलाई कोरोना लागेको भनि पिसिआर परिक्षणमा पोजेजिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन सकिने छ । दावीको लागि बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । 

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस देखिएको अवस्थामा यो संक्रमण अझै फैलन सक्ने अवस्था र सम्भावनालाई मध्यनजर गरि कोरोना भाइरस बाट उत्पन्न हुने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा विशेषगरी ग्रामीणस्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले यो बीमालेख जारी गर्ने निर्णय गरेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश