८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीमा समितिद्वारा कोरोना भाइरस बीमालेख जारी गर्ने निर्णय, एकलाख सम्मको बीमा गर्न सकिने

४ बैशाख २०७७, बिहीबार ११:०६

मनोज  पराजुली। बैशाख ४,काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड -१९) को रोगबाट रक्षावरण हुनेगरी बीमालेख जारी गर्ने निर्णय गरेको छ । हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोरोना भाइरस सम्बधि बीमालेख जारि गर्न सबै निर्जीवन बीमा कम्पनीहरुको बीमा पुल मार्फत निर्देशन गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साझा सबाललाई जानकारी दिए ।

कोरोना भाइरसलाई लक्षित गर्दै एक लाख र ५० हजारगरि २ वटा बीमालेख जारी गर्न सकिने व्यवस्था गरिएको पौडेलले बताए । श्रेणी 'क' र 'ख' गरि जारी हुने बीमालेखामा एक लाख रुपैंयासम्मको बीमा गर्दा एक हजार रुपैंया प्रिमियम शुल्क लाग्ने र परिवारका सबै सदस्यहरुको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैंया बीमा शुल्क लाग्ने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै 'ख' श्रेणी अन्तर्गत ५० हजार रुपैंयासम्म बीमा गर्न सकिने र सो बापत प्रतिव्यक्ति ५ सय बीमा शुल्क तोकिएको छ । यस अन्तर्गत परिवारका सबै सदस्यको बीमा गर्न चाहेमा थप ३ सय बीमा शुल्क निर्धारण गरिएको पौडेलले बताए ।

यस पोलिसी अन्तर्गत बीमा गर्ने व्यक्तिलाई कोरोना लागेको भनि पिसिआर परिक्षणमा पोजेजिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन सकिने छ । दावीको लागि बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । 

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस देखिएको अवस्थामा यो संक्रमण अझै फैलन सक्ने अवस्था र सम्भावनालाई मध्यनजर गरि कोरोना भाइरस बाट उत्पन्न हुने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा विशेषगरी ग्रामीणस्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले यो बीमालेख जारी गर्ने निर्णय गरेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता