२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिकाका एम्बुलेन्स चालक विरुद्ध अभद्र व्यवहार मुद्दा

२०७७, ६ बैशाख शनिबार ०७:५१

वैशाख ६, धादिङ | बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँबासीले फेला पारी एम्बुलेन्ससमेत तोडफोड गरिदिएका थिए । बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ । 

धादिङको ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा प्राईभेट गरी ४ वटा एम्बुलेन्स छन् तर चालकले विभिन्न बहान बनाएर बोक्न नमाने पछि गत मंगलबार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका युवा रातको समयमा आफै मोटरसाईकल चलाएर जिल्ला अस्पताल आएका थिए । ४२ दिनअघि उत्तर कोरियाबाट नेपाल फर्किएका ती युवालाई मैदी स्वास्थ्यचौकीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणका क्रममा कोरोना भाइरस कोभिड–१९ संक्रमण पोजिटिभ देखिएको थियो । तर, उनको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । 

यस घटनापछि स्थानीयले एम्बुलेन्सलाई कारवाहीको माग गर्दै आएका थिए । 

सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको गरिदिने निर्णय समेत गरेको छ । डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सुरक्षाकर्मीको विमा हुने र उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निशुल्क उपलब्ध गराउने निर्णय समेत गरेको छ । तर धादिङमा सरकारी एम्बुलेन्स चालकहरु नै ज्वरो आएका विरामीलाई अस्पताल सम्म पुर्याउन मानि रहेका छैनन् । सुरक्षा पोशाक लगाएर बिरामी बोक्न आग्रह गर्दा समेत एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा