२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिकाका एम्बुलेन्स चालक विरुद्ध अभद्र व्यवहार मुद्दा

६ बैशाख २०७७, शनिबार ०७:५१

वैशाख ६, धादिङ | बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँबासीले फेला पारी एम्बुलेन्ससमेत तोडफोड गरिदिएका थिए । बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ । 

धादिङको ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा प्राईभेट गरी ४ वटा एम्बुलेन्स छन् तर चालकले विभिन्न बहान बनाएर बोक्न नमाने पछि गत मंगलबार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका युवा रातको समयमा आफै मोटरसाईकल चलाएर जिल्ला अस्पताल आएका थिए । ४२ दिनअघि उत्तर कोरियाबाट नेपाल फर्किएका ती युवालाई मैदी स्वास्थ्यचौकीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणका क्रममा कोरोना भाइरस कोभिड–१९ संक्रमण पोजिटिभ देखिएको थियो । तर, उनको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । 

यस घटनापछि स्थानीयले एम्बुलेन्सलाई कारवाहीको माग गर्दै आएका थिए । 

सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको गरिदिने निर्णय समेत गरेको छ । डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सुरक्षाकर्मीको विमा हुने र उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निशुल्क उपलब्ध गराउने निर्णय समेत गरेको छ । तर धादिङमा सरकारी एम्बुलेन्स चालकहरु नै ज्वरो आएका विरामीलाई अस्पताल सम्म पुर्याउन मानि रहेका छैनन् । सुरक्षा पोशाक लगाएर बिरामी बोक्न आग्रह गर्दा समेत एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य