२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशमा होटल तथा रेस्टुरामा काम गर्ने दुईतिहाई नेपालीहरुले रोजगारी गुमाउँदैछन्’

२०७७, ६ बैशाख शनिबार १०:०१

कोरोना भाइरस कोभिड -१९ महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको छ, जसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा गएका नेपालीमा पनि परेको छ । विदेशमा रहेका रोजगारदाता कम्पनीहरु बन्द अवस्थामा रहेका छन् नेपाली श्रमिकहरु पनि लकडाउनको अवस्थामा आफ्नै कोठामा बस्न बाध्य भएका छन् । कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकको वास्ता नगरेका कारण खान बस्न समस्या हुन थालेको श्रमिकहरुबाट गुनासाहरु पनि आउन थालेका छन् । साथै गैर आवासीय नेपाली संघ (एनआरएनए)युएई शाखाले गरेको एक सर्वेक्षणले पनि ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको देखाएको थियो । 

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसिया, खाडी लगायतका अन्य केहि देशमा पनि संस्थागत रुपमा नै नेपाली श्रमिक पुग्ने गरेका छन् । श्रमिकका गुनासा आउनेक्रम बढेसंगै नेपालबाट संस्थागत रुपमा नेपाली श्रमिक आपूर्ति गर्दै आएका नेपालका म्यानपावर व्यवसायीले रोजगारदाता कम्पनीहरुमा सम्पर्क बढाएका छन् भने आफ्ना श्रमिकबारे चासो राख्न थालेका छन् । 

यसै वीच सर्वोच्च अदालतले पनि वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धार लागि पहल गर्न न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विहिबार अन्तरिम आदेश दिएको हो । यस्तो अवस्थामा विदेशमा रहेका नेपालीहरुको अहिलेको अवस्था के छ ?  उनीहरुका समस्या तथा गुनासा सम्बोधन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कसरी काम गरिरहेको भन्ने विषयमा संघका सल्लाहकार प्रज्ञान न्यौपानेसंग साझा सबालका मनोज पराजुलीले कुराकानी गरेका छन् प्रस्तुत छ, उनीसंग गरिएको कुराकानीको सम्पादित अंश : 

विश्वभर कोरोना भाइरसले महामारी रुप लिइरहेको अवस्थामा वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकहरूको अहिलेको अवस्था कस्तो छ ?

विश्वमा बढिरहेको कोरोनाको महामारीले समस्त क्षेत्र नै धराशायी भएसगै वैदेशिक रोजगारलाई पनि निश्चयनै धराशायी बनाउने नै छ, अहिले तत्काल देखिएका समस्याको रुपमा खाना तथा आवासको समस्या देखिरहेको छ, खास गरि होटल तथा सेवा क्षेत्रमा काम गर्न नेपाली कामदारहरु बढी मर्कामा परेका छन् । 

लकडाउन खुलेपनि होटल रेष्टुरेन्ट तत्काल खुल्ने अवस्था छैन। तरपनि मालिकले पनि १/२ महिना भन्दा बढी धान्ने अवस्था रहदैन, केही कम्पनीहरुले त अहिलेनै हात उठाईसकेको अवस्था छ । दुईतिहाई होटल तथा रेस्टुरा व्यवसायमा काम गर्ने नेपाली तत्काल खानाको समस्या र पछि रोजगारीनै गुमाउने निश्चित नै छ। सबै तिरबाट हेर्ने हो भने डाटा धेरै हुन सक्छ। तसर्थ यो एउटा गम्भीर समस्या हो ।

विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई संघले कसरी सहजीकरण गरेको छ ?

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको समस्या समाधान सम्बोधन गर्न संघको पदाधिकारीको संयोजकत्वमा देशगत रुपमा हेर्ने गरि समिति निर्माण गरेर काम शुरु गरेको छ । 

देशगत रुपमा गैर आवासीय नेपाली संघ (एनआरएनए) लगायत स्थानीय विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकहरुको अवस्था र उत्पन्न हुन सक्ने समस्याहरुलाई समन्वयात्मक तरिकाबाट प्रभावकारी रुपमा सम्बोधन गर्दै विपद ब्यवस्थापन समितिलाई आवश्यक सल्लाह सुझाव दिनको लागि सम्बन्धित सबै मुलुकहरुमा कार्यरत नेपाली श्रमिकहरुको अबस्थाको जानकारी लिई कार्यसमितिलाई जानकारी गराउन समेत संघले व्यवसायीलाई उर्दी गरेको छ । 

यसैगरि भिन्न भिन्न देशका लागी संघका पदाधीकारीहरु को संयोजकत्वमा छुट्टा छुट्टै र्यापिड टीमको पनि समिति बनाएको छ। यसको पहिलो उदेश्य भनेको नै नेपालीलाई अलपत्र र बिचल्लिहुने अवस्थाबाट हरसम्भव बचाउन नै रहेको छ।

कोरोना भाइरसका कारण नै आईएलओले सबैभन्दा धेरै रोजगारी गुमाउनेमा अमेरिकासँगै खाडी क्षेत्रलाई पनि औंल्याएको छ, यस्तो अवस्थामा नेपालीको प्रमुख श्रम गन्तव्य खाडी र मलेसियामा कार्यरत नेपालीहरुको रोजगारीको अवसर समेत गुम्ने अवस्था कत्तिको छ ?

कोरोनाको रोकथाम तत्काल भएन भने लगभग विश्वनै आर्थिक मन्दिमा जाने त निश्चितै छ त्यसमा पनि विशेष गरेर हाम्रो श्रम गन्तव्य मलेशिया र खाडी मुलुकमा भर परिरहेको हुँदा, त्यहाँ   कोरोनाको साथ साथै कच्चा तेलको मुल्यमा समेत भारि गिरावट आईरहेको हुँदा अब आउने समय वैदेशिक रोजगारीको लागि निक्कै नै कठिन समय हुने हामी जो कोहीले सजिलै मुल्यांकन गर्न सक्छौ । 

चरम आर्थिक अभावले साना तथा मझौला कम्पनी, होटल तथा पर्यटनमा व्यवसायमा व्यापक कर्मचारी कटौती हुने पक्का छ र यस्तै व्यवसायमा काम गर्ने नेपाली, केहि निर्माण तथा सेवा क्षेत्रमा काम गर्ने नेपाली समेत यसको चपेटामा पर्ने देखिन्छ।

आगामी दिनमा विदेशबाट आउने श्रमिकको कोटा कटौती हुँदा वैदेशिक रोजगारी क्षेत्रमा कस्तो असर पर्छ ?

कोटा कटौतिको त्याहाको विकास निर्माणको गतिसंग प्रत्यक्ष सम्बन्ध राख्दछ । अहिले विश्वकप २०२२ बाहेक अन्य कुनै योजना अघि बढेको हामीलाई थाहा छैन । कच्चा तेलको मुल्य दिनप्रति दिन ओरालो लागिरहेको छ, कोरोना पनि तत्काल नियन्त्रण हुने छाँटकाँट देखिरहेको छैन, यस्तै अवस्था रहे अति आवश्यकका क्षेत्र जस्तै सुरक्षा र सरसफाई अनि मर्मतसंभार बाहेक अन्य निर्माण, पर्यटन, सेवाक्षेत्र , होटल रेष्टुरेन्टमा व्यापक कर्मचारी कटौति हुने हुदा निश्चयनै वैदेशिक रोजगारीको लागि आउने मागमा ठुलो गिरावट हुनेछ र देश भित्र पनि रोजगारीको कुनै अवसर नभएको हुँदा बेरोजगारी दर राज्यलाई धान्न नै गार्हो अवस्था नपुग्ला भन्न सकिन्न ।

अन्तराष्ट्रिय रुपमा नै महामारी फैलिएको अहिलेको जस्तो अवस्थामा सरकारले गर्नुपर्ने कामहरु के के हुन् ? 

सरकारले सधै वैदेशिक रोजगारको रेमिट्यान्समा मात्रै भर पर्ने गरि योजना बनाउन हुँदैन । तत्काललाई साना तथा मझौला व्यवशायी, जो ऋणमा चलेका व्यवशाय तथा जगा बढी मात्रामा राजस्व र रोजगारी सृजना भईरहेको छ, त्यस्तो पेशा व्यवसायलाई बचाउन एउटा राहतको प्याकेज अति नै आवश्यक छ । 

साथै तत्काल सरकारले कुनै पनि क्षेत्रमा जादुको छडी जस्तो रोजगार सृजना गर्ने वातावरण नभएको हुदा कसरी हुन्छ बेरोजगार समस्यालाई हल गर्नका निमित्त मेनपावर व्यवशायीहरुलाई बचाउन र जति सक्दो चाडो बेरोजगार व्यवस्थापन पहल गर्न आवश्यक छ, जसको लागि सरकारले व्यवसायीहरुलाई आर्थिक राहत प्याकेज दिने, वैदेशिक रोजगारी प्रकृया पुरा गर्न हाल विधमान झन्झटिलो कानूनी प्रकृयालाई सहज बनाउने, सेवा शुल्कका विषयमा रहेको विवाद सुल्झाउने लगायतका काम गरे थोरै भए पनि अहिलेको अवस्थामा धेरै ठुलो उपलब्धी हात लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी