२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरधाममा रुपयाँ छरेर फरार भएका नन्द-भाउजू पक्राउ

२०७७, ६ बैशाख शनिबार १२:०२

वैशाख ६, जनकपुरधाम । जनकपुरधाममा रुपयाँ छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम -७ स्थित निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरुलाई सिसिटिभी क्यामराको आधारमा पक्राउ गरिएको हो । 

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चोकमा करिव २:३० बजे  १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।  

उनीहरुले रकम किन छरेको हो ? भन्ने विषयमा अनुसन्धान हुन बाँकी रहेको कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिए ।

त्यहाँबाट रिपोर्ट आएपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना