2026-10-15 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

वैशाख ९, जुम्ला | जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका स्थानीयवासी बिरामी हुँदा स्वास्थ्य संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

आकस्मिक सेवा प्रवाहका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो ।” 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार राजश्व छुट गरेर रु १० लाखमा पालिकाले एम्बुलेन्स खरिद गरेको हो । उहाँले भन्नुभयो, “एम्बुलेन्स सेवा सञ्चालनले यहाँका जटिल प्रकृतिका बिरामीलाई जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज भएको छ ।”

यस गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्रसहित तीन स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य केन्द्र छन् । अहिले सबै स्वास्थ्य संस्थामा तीन महिनालाई पुग्ने औषधि भण्डारण गरिएको छ तर स्वास्थ्य संस्थाबाट सिफारिस भएर आउने बिरामी हेर्ने प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा निकै समस्या छ ।

प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी हुँदा पनि स्वास्थ्य मन्त्रालयले नपठाउँदा यहाँका जटिल प्रकृतिका बिरामी सुविधासम्पन्न अस्पताल लैजान समस्या हुने गरेको थियो । पालिकाले नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि अब सहज हुने भएको वडाध्यक्ष मुनबहादुर बुढाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने