२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी नागरिकको रोजगारी बचाउन आप्रवासीलाई अमेरिका जान रोक्ने ट्रम्पको घोषणा

९ बैशाख २०७७, मंगलवार ०४:५३

वैशाख ९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा अमेरिकामा आप्रवासीहरुलाई रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि अमेरिकाले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पले यसबारे एक ट्विट गर्दै कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर यस्तो निर्णय लिइएको उल्लेख गरेका छन् ।

यद्यपि, उनले आप्रवासी रोक्नका लागि अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दै छ भन्नेबारे भने केही खुलाएका छैनन् । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि पनि उनले विस्तारमा बताएका छैनन् ।

कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकाले क्यानडाबीच मेको मध्यसम्मै सीमा नाका कडा पार्ने सहमति पनि भएको छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी