२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान

१० बैशाख २०७७, बुधबार ११:३३

वैशाख १०, काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । 

इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो । उहाँले गत वर्षदेखि वाचनसहितको मूल्याङ्कन गरिएकाले महोत्सव हुने समयसम्म कोरोनाको जोखिम कायम रहेमा कार्यक्रम पर सानुपर्ने हुन सक्ने जनाउनुभयो । 


महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले जानकारी दिनुभयो । 

महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी