2026-07-25 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार जि.पि.पौडेल माथि प्रहरीद्वारा दुर्व्यवहार

बैशाख १०,काठमाडौं । लकडाउनको रिर्पोटिङ सकेर घर फर्किदै गरेका पत्रकार जि.पि.पौडेल माथी प्रहरीले दुर्व्यवहार गरेको छ । बुधबार सांझ ७.३० बजे बनस्थली खरिबोट स्थित एक चिया पसलमा भित्र बसिरहेको बेला पसल बाहिर बोलाई बालाजु वृतका इन्सपेक्टर अनन्त कार्की र अर्का एक जवानले दुर्व्यवहार गरेको उनले बताएका छन् ।

 ‘मलाई बाहिर बोलाएर पत्रकारको कार्ड मागियो, घाँटीमै भिरेको साझाडबलीको कार्ड देखाँए, प्रेस ज्याकेट पनि लगाएको थिए’ पत्रकार पौडेलले भने । चिया खाएर बस्दा पनि किन ज्याकेट लगाएको ‘खोलेर बस’ भन्दै प्रहरी जवानले ज्याकेट जर्वजस्ती तानेर खोलिदिए, त्यसैक्रममा इन्सपेक्टर कार्कीले ‘म बर्दिमा छु, ‘धेरै नबोल’ फेरी गाडीमा जाक्दिन्छु’ भन्दै अभ्रद र असभ्य भाषा प्रयोग गरेको पीडित पत्रकार पौडेलले बताए  ।

आफु एक्लै भएर केहि बोल्न नपाउँदै पसलका अन्य सदस्यहरु बाहिर निस्केको र अन्य स्थानिय घटनास्थलमा जम्मा भएपछि मलाई केहि नबोल्नु भन्दै आफुँलाई भित्र लगेकोले अरु थप घटना हुन नपाएको पत्रकार पौडेलले बताए । पत्रकार पौडेलले भने ‘आफुँ र पत्रकारिता जगतमाथि नियोजित रुपमा प्रहरी प्रशासन जाईलाग्यो’ । उक्त खाजा पसल भन्दा करिव ४० मिटर पर २ सय जना भन्दा बढि जमघट र भिडभाड गराएर लकडाउन विपरित खाना खुवाइएको पनि उनले बताए । 

पत्रकार पौडेल माथीको दुर्व्यवहारको विषयमा घटनाको बारेमा आफुँलाई जानकारी प्राप्त भएको र घटनाबारे थप अनुसन्धानका लागि दुवै पक्षलाई छलफलमा बोलाएको बालाजु वृतका प्रमुख रंजित सिंह राठौरले साझा सवाललाई जानकारी दिए ।

पत्रकार पौडेल साझाडबली डट कम र टुरिजम संचार डट कमका प्रधान सम्पादक तथा प्रकाशक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो