वैशाख ११, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ । आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयकि सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापा निवासी ६२ बर्षका पुरुषमा कोरोना संक्रमण भएको भेटिएको हो । उनलाई आइसोलेशनमा अस्पतालमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
बिहिबार भोजपुरमा एज जना सहित ३ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमितको शंख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो संक्रमित व्यक्तिसहित प्रदेश १ मा कोरोना संक्रमितको शंख्या ३० पुगेको छ ।
नेपालमा कोरोना संक्रमितहरु ९ जना महिला र ४० जना पुरुष रहेका छन् । जसमा ४ महिला र ६ पुरुष गरि १० जना निको भई घर गएका छन् ।
