2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाका फेर्दै स्वदेश फर्किदै नेपाली

नरेन्द्रसिंह कार्की | वैशाख १३, दार्चुला | नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रमा नेपाल प्रहरी तैनाथ छन् । नेपाली आफ्नो देश फर्किन नपाउँदा अहिले नाका फेर्दै स्वदेश फर्किन थालेका छन् । सुरक्षाकर्मीलाई छल्दै उनीहरु महाकाली नदीमा हाम फालेर, ट्युब तरेर स्वदेश आउँदैछन् । 

व्यासको दुम्लिङसम्म नेपाल प्रहरीको उपस्थिति छ । तर पनि नेपाल फर्किन चाहने नेपाली दुम्लिङभन्दा माथिल्लो क्षेत्र घाटीबगर भएर आज ३४ नेपाली स्वदेश फर्किएका छन् । महाकाली नदीमा जघाँर तरेर उनीहरु घाटीबगर हुँदै नेपाल प्रवेश गरेका हुन् । त्यो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएपछि त्यो मार्ग अपनाएका हुन् । माल्पा क्षेत्रमा काम गर्न गएका उनीहरु त्यहीबाट नेपाल आएका छन् ।

महाकाली तरेर स्वदेश आउनेमा बझाङको बुङ्गल नगरपालिका– १ का एक जना, छविसपाथी गाउँपालिकाका– ७ का एक महिला र २७ पुरुष, जाजरकोटका तीन जना तथा दार्चुला नौगाड गाउँपालिका वडा नं २ का दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । घाटीबगरबाट उनीहरु हिँडेरै व्यासको दुम्लिङ पुगेका छन् ।

लकडाउन अवधिमा अन्तरराष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि दार्चुलामा महाकाली नदी तरेर आउने क्रम झन बढेको छ । शुक्रबार मात्र तीन जना नेपाली महाकाली तरेर नेपाल भित्रिएका थिए भने बुधबार नौ जना सदरमुकाम खलङ्गा नजिकैबाट नेपाल आएका थिए । 

लालीको रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छन् । महाकाली नदीमार्फत नेपाली धमाधम स्वदेश आउन थालेपछि सरकारको निर्देशनअनुसार महाकाली नदी किनारै किनारमा पछिल्लो समय बाक्लो सुरक्षाकर्मीको उपस्थित गराइएको छ । तर पनि नेपाली महाकाली नदीमा पौडिएर, ट्युब तरेर, जघाँर तरेर आउनेक्रम भने बढ्दो छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहानसम्म एक महिनाको अवधिमा २५५ जना अवैधरुपमा महाकाली तरेर नेपाल आएका छन् । योबाहेक कैयौँ व्यक्ति लुेकर महाकाली हुँदै गाउँ पुगेका छन् । “एक महिनासम्म पनि आफ्नो देश ल्याउने कुनै सुरसार नभएपछि बाध्य भएर नाका फेर्नुपरेको हो, ठेकेदारको सहारामा माल्पा क्षेत्र पुगेका थियौँ, माल्पाबाट नेपाल तर्दै आउन बाध्य छौँ”, घाटीबगर हुँदै दुम्लिङ पुगेका सुवास बोहराले भन्नुभयो ।

“धार्चुलाको क्वारेन्टाइनबाट काम गर्न जान्छौं भनेर माल्पा गएका थियौँ, पेटी ठेकेदारले केही दिन माल्पा क्षेत्रमा काम गरायो, पैसा नदिएर ठेकेदारसमेत भाग्यो जगत धाँमीले भन्नुभयो, “ठेकेदार भागेपछि भोकभोकै बस्नुपर्ने अवस्था आएपछि महाकाली नदीमा जघाँर तर्यों ।” नौगाड– २ का गोविन्द ठगुन्नाले खलंगामा तर्न नसकेपछि माथि सरेको बताउनुभयो । 

व्यास वडा नं २ दुम्लिङ पुगेका उनीहरुलाई दुम्लिङमा खाना खुवाएर व्यासको सुनसेरा ल्याउने तयारी छ । घाटीबगरभन्दा माथिल्लो क्षेत्रबाट आउन पनि बाटो छैन, व्यासका स्थानीय योगेश बोहराले भन्नुभयो, “त्योभन्दा माथि तर्ने ठाउँ पनि छैन ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जोशीले नेपाल आएका उनीहरुलाई कहाँ राख्ने भन्ने निक्र्यौल अहिले नै नभएको बताउनुभयो । भारतमा रहेका नेपाली उद्धारका लागि सरकारसँग जिल्ला विपद् व्यवस्थापन समितिले समेत तत्काल उद्धार गर्न सरकारसँग अनुरोध पठाएको छ भने सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी भारतमा रहेका हजार बढी नेपाली स्वदेश ल्याउनुपर्ने माग गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन