२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाका फेर्दै स्वदेश फर्किदै नेपाली

१३ बैशाख २०७७, शनिबार १४:०२

नरेन्द्रसिंह कार्की | वैशाख १३, दार्चुला | नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रमा नेपाल प्रहरी तैनाथ छन् । नेपाली आफ्नो देश फर्किन नपाउँदा अहिले नाका फेर्दै स्वदेश फर्किन थालेका छन् । सुरक्षाकर्मीलाई छल्दै उनीहरु महाकाली नदीमा हाम फालेर, ट्युब तरेर स्वदेश आउँदैछन् । 

व्यासको दुम्लिङसम्म नेपाल प्रहरीको उपस्थिति छ । तर पनि नेपाल फर्किन चाहने नेपाली दुम्लिङभन्दा माथिल्लो क्षेत्र घाटीबगर भएर आज ३४ नेपाली स्वदेश फर्किएका छन् । महाकाली नदीमा जघाँर तरेर उनीहरु घाटीबगर हुँदै नेपाल प्रवेश गरेका हुन् । त्यो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएपछि त्यो मार्ग अपनाएका हुन् । माल्पा क्षेत्रमा काम गर्न गएका उनीहरु त्यहीबाट नेपाल आएका छन् ।

महाकाली तरेर स्वदेश आउनेमा बझाङको बुङ्गल नगरपालिका– १ का एक जना, छविसपाथी गाउँपालिकाका– ७ का एक महिला र २७ पुरुष, जाजरकोटका तीन जना तथा दार्चुला नौगाड गाउँपालिका वडा नं २ का दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । घाटीबगरबाट उनीहरु हिँडेरै व्यासको दुम्लिङ पुगेका छन् ।

लकडाउन अवधिमा अन्तरराष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि दार्चुलामा महाकाली नदी तरेर आउने क्रम झन बढेको छ । शुक्रबार मात्र तीन जना नेपाली महाकाली तरेर नेपाल भित्रिएका थिए भने बुधबार नौ जना सदरमुकाम खलङ्गा नजिकैबाट नेपाल आएका थिए । 

लालीको रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छन् । महाकाली नदीमार्फत नेपाली धमाधम स्वदेश आउन थालेपछि सरकारको निर्देशनअनुसार महाकाली नदी किनारै किनारमा पछिल्लो समय बाक्लो सुरक्षाकर्मीको उपस्थित गराइएको छ । तर पनि नेपाली महाकाली नदीमा पौडिएर, ट्युब तरेर, जघाँर तरेर आउनेक्रम भने बढ्दो छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहानसम्म एक महिनाको अवधिमा २५५ जना अवैधरुपमा महाकाली तरेर नेपाल आएका छन् । योबाहेक कैयौँ व्यक्ति लुेकर महाकाली हुँदै गाउँ पुगेका छन् । “एक महिनासम्म पनि आफ्नो देश ल्याउने कुनै सुरसार नभएपछि बाध्य भएर नाका फेर्नुपरेको हो, ठेकेदारको सहारामा माल्पा क्षेत्र पुगेका थियौँ, माल्पाबाट नेपाल तर्दै आउन बाध्य छौँ”, घाटीबगर हुँदै दुम्लिङ पुगेका सुवास बोहराले भन्नुभयो ।

“धार्चुलाको क्वारेन्टाइनबाट काम गर्न जान्छौं भनेर माल्पा गएका थियौँ, पेटी ठेकेदारले केही दिन माल्पा क्षेत्रमा काम गरायो, पैसा नदिएर ठेकेदारसमेत भाग्यो जगत धाँमीले भन्नुभयो, “ठेकेदार भागेपछि भोकभोकै बस्नुपर्ने अवस्था आएपछि महाकाली नदीमा जघाँर तर्यों ।” नौगाड– २ का गोविन्द ठगुन्नाले खलंगामा तर्न नसकेपछि माथि सरेको बताउनुभयो । 

व्यास वडा नं २ दुम्लिङ पुगेका उनीहरुलाई दुम्लिङमा खाना खुवाएर व्यासको सुनसेरा ल्याउने तयारी छ । घाटीबगरभन्दा माथिल्लो क्षेत्रबाट आउन पनि बाटो छैन, व्यासका स्थानीय योगेश बोहराले भन्नुभयो, “त्योभन्दा माथि तर्ने ठाउँ पनि छैन ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जोशीले नेपाल आएका उनीहरुलाई कहाँ राख्ने भन्ने निक्र्यौल अहिले नै नभएको बताउनुभयो । भारतमा रहेका नेपाली उद्धारका लागि सरकारसँग जिल्ला विपद् व्यवस्थापन समितिले समेत तत्काल उद्धार गर्न सरकारसँग अनुरोध पठाएको छ भने सङ्घीय सांसद गणेशसिंह ठगुन्नाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी भारतमा रहेका हजार बढी नेपाली स्वदेश ल्याउनुपर्ने माग गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे