११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड–१९: एक लाखले गरे लकडाउन उल्लङ्घन, दैनिक उपभोग्य वस्तुको आयातमा चाहिँदैन पास

१४ बैशाख २०७७, आईतवार १३:२२

वैशाख १४, काठमाडौँ | कोरोनाको सङ्क्रमण हुन नदिन र भइहाले पनि सहज तबरले उपचारको प्रबन्ध गर्न सरकारले स्वास्थ्यकर्मीलाई विशेष तालीम दिइरहेको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सङ्क्रमितलाई एक स्थानदेखि अर्को स्थानसम्म लैजानका लागि एम्बुलेन्स चालक, सहयोगी र स्वास्थ्यकर्मीलाई तालीम दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार हालसम्म नेपाली सेनाका ६५० र सशस्त्र प्रहरी बलका १२० जनालाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा तालीम दिइएको छ । 

दैनिक उपभोग्य वस्तुको आयातमा चाहिँदैन पास 

सिसिएमसीका अनुसार सरकारको निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूधजन्य सामग्री, पशुपक्षी तथा माछाको आहारा आदि  ढुवानी गर्न कुनै पनि पास नचाहिने व्यवस्था गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाको सहयोगमा महानगरभित्र विभिन्न स्थानमा तरकारी तथा फफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । ती बिक्री केन्द्रबाट काठमाडौँवासीले सहज रुपमा तरकारी तथा फलफूल लिन सक्ने भएका छन् । 

लामो दूरीमा ढुवानी गर्ने यातायाताका साधनका लागि तथा श्रमिकको सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारी साधन मर्मत गर्ने स्थान तथा आवश्यक होटल सञ्चालनमा ल्याइएको छ । 

एक अर्बभन्दा बढीको औषधि आयात 

लकडाउन शुरु भएपछि वैशाख १३ गतेसम्म कूल रु एक अर्ब १३ करोड ३७ लाख १९ हजार बराबरको तयारी औषधि आयात भएको छ । यस्तै रु २५ करोड ८१ लाख ८५ हजार बराबरको औषधिको कच्चापदार्थ आयात भएको डा देवकोटाको भनाइ छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको हो । यस्तै भारतबाट कूल ९१ हजार ४५६ मेट्रिक टन खाद्य पदार्थ, २६ हजार ८२ मेट्रिक टन दाल, ४४ हजार २३५ मेट्रिक टन तरकारी, ११ हजार १३८ मेट्रिक टन फलफूल, ३६ हजार ४४२ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । सोही अवधिमा कूल १७ हजार ४९६ किलोलिटर इन्धन आयात भएको छ । 

बयासी हजार सुरक्षाकर्मी परिचालित 

लकडाउनको समयमा झण्डै ८२ हजार ६५० सुरक्षाकर्मी परिचालित गरिएको छ ।  नेपाली सेनाका कूल सात हजार ४८६, नेपाल प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरी बलका ३१ हजार १५५ र राष्ट्रिय अनुसन्धान विभागका कूल एक हजार ९९७ जना जनशक्ति परिचालित गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सीमाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालबाट साबिकका ६५० चेक प्वाइन्ट रहेकामा हाल बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार ६१६ जनशक्ति परिचालन गरिएको छ । 

नेपाल भारत सीमा नाकाका नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ दुई हजार २० नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । रुपन्देही नाकाबाट २९६, कपिलवस्तुबाट ३५ गरी कूल ३३१ जना भारतमा रहेका नेपाली नागरिकलाई ल्याई क्वारेन्टाइनमा राखिएको छ । यस्तै रुपन्देहीबाट १५२ र कपलिवस्तुबाट ३६ गरी कूल १८८ जना नेपालमा रहेका भारतीयलाई भारत पठाइएको छ । 

झण्डै एक लाखले गरे लकडाउन उल्लङ्घन 

गत चैत ११ गतेदेखि वैशाख १३ गतेसम्म झण्डै एक लाखले लकडाउन उल्लङ्घन गरेको पाइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ९९ हजार ४१९ जनाले लकडाउन उल्लङ्घन गर्दा ४३ हजार ७६१ सवारीसाधनसमेत कारवाहीमा परेका छन् । तीमध्ये कूल ९९ हजार ४१४ र ३५ हजार ४२३ सवारी साधनलाई छाडिएको छ । केही भने थप कारवाहीका क्रममा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य