Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनःनिर्माणमा सदाचार कार्यक्रम

२०७७, १६ बैशाख मंगलवार ०२:५५

पूर्णप्रसाद मिश्र | वैशाख १६, काठमाडौँ (रासस) | पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले विसं २०७३ देखि सञ्चालन गरेको कार्यक्रमले पारदर्शिता कायम गर्न सहयोग गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सरकार, स्थानीय तह र साझेदार संस्थाबाट भएका पुनःनिर्माण र पुनःस्थापनाका कार्यमा जबाफदेहीता, पारदर्शिता र गुणस्तर कायम गर्ने उद्देश्यले कार्यक्रम भइरहेको टीआइ नेपालका कार्यक्रम अधिकृत शारदा नेपालीले राससलाई जानकारी दिनुभयो । पुनःनिर्माणसम्बन्धी सरकारी नीति र कार्यक्रममा पारदर्शिता बढाउने, शैक्षिक संस्थाको पुनःनिर्माण समयमै र गुणस्तरीयरूपमा सम्पन्न गर्ने, पुनःनिर्माणसम्बन्धी सार्वजनिक खरिद पारदर्शी र जवाफदेही बनाउन प्रयास गर्ने टीआइ नेपालको उद्देश्य छ । 

यसैगरी पुनःनिर्माणमा नागरिक समाजको संलग्नता र चासो बढाउने, सञ्चार क्षेत्रको सहयोग लिई पुनःनिर्माणसम्बन्धी सूचना सम्प्रेषण गर्ने, पुनःनिर्माणसम्बन्धी वित्तीय प्रतिवेदनमा नागरिक पहुँच बढाउने, व्यावसायिक र नागरिक सङ्घसंस्थाको पुनःनिर्माणसम्बन्धी प्रयास पारदर्शी बनाउन पनि टीआइ नेपालले भूमिका निर्वाह गरेको छ । पुनःनिर्माणसम्बन्धी सेवा प्रवाहमा युवा र विद्यार्थीको संलग्नता बढाउने, पुनःनिर्माणको गुणस्तरमापन गर्न सहकार्य गर्ने र भूकम्पपीडितको गुनासो सङ्कलन र सम्बोधनमा सहजीकरण गर्ने काम १४ जिल्लामा भइरहेको कार्यक्रम अधिकृत नेपालीले बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्न १४ वटै जिल्लामा जिल्ला कार्यालयसहित कार्यक्रम अधिकृतलगायत कर्मचारीको पनि व्यवस्था गरिएको जनाइएको छ । जिल्ला कार्यालय स्थानीय तहका वडास्तरसम्म पुगेर स्थलगतरूपमा अनुगमन गरी काम गरिरहेका छन् । हालसम्म चार लाख ९४ हजार ४४ लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । थप एक लाख ९० हजार १४५ आवास पुनःनिर्माणको चरणमा छ । अन्तिम किस्ता भुक्तानीका लागि पाँच लाख ६१ हजार ६५० प्रमाणीकरण गरिएको छ । निजी आवास पुनःनिर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । 

भूकम्पबाट क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४९२ विद्यालय पुनःनिर्माणको क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये ४०२ को पुनःनिर्माण सम्पन्न भएको छ । एक सय ४१ सम्पदा पुनःनिर्माण भइरहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताउनुभयो । एक हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ को पुनःनिर्माण सकिएको छ । एक सय ४५ स्वास्थ्य संस्था पुनःनिर्माणको चरणमा छन् ।

यसैगरी ४१५ सरकारी भवनमध्ये ३४९ को पुनःनिर्माण सम्पन्न भएको छ । उन्पचास सरकारी भवन पुनःनिर्माणको चरणमा छन् । सुरक्षा निकायका १९४ संरचनाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाइस वटा पुनःनिर्माणको क्रममा छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण पुनःनिर्माणका काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ । आगामी पुसमा प्राधिकरणको पाँच वर्षे कार्यकाल पूरा हुँदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै