2026-11-04 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा रहेका सबै नेपालीहरुलाई श्रम मन्त्रीले गर्नुभएको सम्वोधनको पूर्ण पाठ

वैशाख १७, काठमाडौँ | विदेशमा अलपत्र नेपाली श्रमिकलाई स्वदेश फिर्ता ल्याउने विषयमा अध्ययन भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन् ।

बुधबार श्रमिकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले कम्पनीले बिदा दिँदा, करार अवधि समाप्त हुँदा र अन्य कारणले स्वदेश फर्कन बाध्यता भए पनि फर्काउन नसकिएको भन्दै धैर्यता गर्न आग्रह गरेका हुन्।

मन्त्री यादवले बीसौं लाख नेपाली श्रमिकहरु खाडी, मलेसिया तथा अन्य मुलुकहरुमा रहे पनि थोरै नेपालीहरुलाई मात्रै फिर्ता ल्याएर क्वारेन्टिनमा राख्न सकिने उनले बताए । विभिन्न कारणले अलपत्र परेका, विरामी तथा असक्त व्यक्तिहरुलाई प्राथमिकता दिइने मन्त्री यादवले सम्बोधनका क्रममा बताएका छन्।

वैदेशिक रोजगारका सन्दर्भमा विभिन्न मुलुकहरुमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना रोगका कारण एउटा विषम अवस्थामा हामीहरु छौं । रहर वा बाध्यतामा परी यहाँहरुले आफ्नो घरपरिवार तथा देश छाडी परदेशमा बगाएको पसिनाका कारण नेपालको अर्थतन्त्रलाई ठूलो सहयोग पुगेको कुरा हामी कसैले भुल्न सक्दैनौ । हाम्रा दिनहरु हिंजो पनि सहज त थिएनन् तर आज फरक अवस्थामा हामी आइपुगेका छौं । कोरोना भाइरसको महामारी विरुद्ध सवैजसो देशहरुमा आवागमन सहज छैन, कलकारखाना, व्यापार-व्यवसाय तथा कार्यालयहरु बन्द भएका छन्, जतासुकै लकडाउनको अवस्था छ । यसले निश्चय पनि यहाँहरु सवैलाई प्रताडित बनाएको छ । हामी सवैलाई यस्तो कठिन समयमा आफ्ना परिवारजनको आवश्यकता अरु समयभन्दा बढी हुन्छ ।यहाँहरुलाई त यसको आवश्यकता अझ बढी छ ।

कोरोना भाईरससंग लड्ने औषधि विकास गर्न अन्तराष्ट्रिय रुपमै अध्ययन अनुसन्धान भैरहेको छ तथापि आजका दिनसम्म यस विरुद्धको औषधि पत्ता लागिसकेको भने छैन । यस भाइरसलाई फैलन नदिने एकमात्र उपाय भनेको व्यक्ति व्यक्ति बीचको दुरी कायम गर्नु नै हो । साथै, कम्तीमा २० सेकेण्डसम्म साबुन पानीले हात धुने, आफ्नो हातलाई सकभर नाक, आँखा र मुखमा पुग्न नदिने, मास्क लगाउने र व्यक्तिगत सरसफाइलाई ध्यान दिएर पनि यस भाइरसको संक्रमणबाट बच्न सकिन्छ र एक अर्कालाई सार्नबाट रोक्न सकिन्छ ।

व्यक्ति व्यक्ति बीचको दुरी कायम गरी संक्रमणलाई थप फैलन नदिन नेपालले पनि गत चैत्र ११ देखि लकडाउनको रणनीति अख्तियार गरेको छ भने बाह्य तथा आन्तरिक यातायातका साधनहरुमा रोक लगाइएको छ । यस परिस्थितिमा वैदेशिक रोजगारमा रहेका कतिपय हाम्रा दाजुभाई तथा दिदीबहिनीहरु कम्पनीले विदा दिंदा, करार अवधि समाप्त हुँदा र अन्य कारणले स्वदेश फर्कने चाहना र बाध्यता हुँदा पनि फर्कन पाइरहनु भएको छैन । हामी हाम्रा दुतावासहरु, अवैतनिक राजदुतहरु, गैर आवासीय नेपाली संघ संगठन, राष्ट्रिय एवं अन्तराष्ट्रिय मिडियामार्फत यहाँहरुले भोगेको पीडालाई दैनिक रुपमा जानकारी लिई अनुभूत गरिरहेका छौं ।

लकडाउनको अवधि भनेको आफू जहाँ रहिएको छ त्यही सुरक्षित रहेर बस्नु नै हो । म पनि यहाँहरु सबैलाई यस कठिन परिस्थितिमा आफु जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्न हार्दिक आह्वान गर्दछु । खर्चको अभावमा र अन्य कारणले खान बस्नको कठिनाई छ भने कृपया सम्बन्धित दुतावासहरुमा फोन वा सामाजिक सञ्जालका माध्यमबाट सम्पर्क गर्नसक्नुहुनेछ । हामी नेपालीहरु सहज समयमा त निस्वार्थ रुपमा एक अर्कालाई सहयोग गर्ने जातिका रुपमा चिनिन्छौ भने यस्तो विषम परिस्थितिमा मानवीय भावनालाई थप जागृत गर्दै एक अर्को नेपालीलाई सहयोग गर्न चुक्ने छैनौ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । विदेशमा रहेका नेपाली संघ संस्थाहरु तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अलपत्र भएका नेपालीहरुलाई यस्तै सहयोगको निम्ति हातेमालो गर्न समेत हार्दिक अपिल गर्दछु ।

मानव अधिकारको अन्तराष्ट्रिय मूल्य मान्यता र विश्व स्वास्थ्य संगठनको आधारभूत स्वास्थ्य उपचारको व्यवस्था बमोजिम यथोचित प्रवन्धका लागि नेपाल सरकारले यहाँहरुको पक्षमा कुटनैतिक पहल गरी नै रहेको छ । कोभिड-१९ संक्रमणको यस परिस्थितिमा नेपाली कामदारहरुको हकहित र सुरक्षालाई लिएर सम्माननीय  प्रधानमन्त्रीज्यू समेतबाट विदेशस्थित आफ्ना समकक्षीहरुसंग निरन्तर टेलिफोन संवाद गरिरहनु भएको तर्फ पनि यहाँहरु जानकार नै हुनुहुन्छ । यसै सन्दर्भमा, हाम्रा गन्तव्य मुलुकका कतिपय सरकारहरुले कोभिड-१९ का कारण आप्रवासी श्रमिकलाई राहतका कार्यक्रमहरु घोषणा गरेका छन् । हाम्रा दुतावासहरु मार्फत ती कार्यक्रमहरुको आधिकारिक जानकारी लिई त्यसबाट लाभ लिन पनि म यहाँहरुमा विनम्र अनुरोध गर्दछु ।

लकडाउन खुकुलो हुँदै गर्दा के कस्तो प्रणाली अवलम्बन गरी तपाईहरुलाई स्वदेश फिर्ता ल्याउने भन्ने कुरामा हामीले गम्भीरताका साथ अध्ययन गर्दै आवश्यक गृहकार्य गरिरहेका छौं । यस बारेमा पछि तपाइहरुलाई जानकारी अवश्य हुनेछ । तर हामीले मनन गर्नुपर्ने एउटा कटु यथार्थ के हो भने बीसौं लाख नेपाली आप्रवासी श्रमिकहरु खाडी, मलेसिया तथा अन्य मुलुकहरुमा हुनुहुन्छ । यसमध्ये थोरै प्रतिशतमात्र नेपालीहरुलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्ने लगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ । हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ । अतः विभिन्न कारणले अलपत्र परेका, विरामी तथा असक्त व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने नै हुन्छ । 

यस संवेदनशील घडीमा म यहाँहरु सवैको धैर्यता र सहयोगको लागि समेत याचना गर्दछु । अनाधिकारिक हल्लाको पछि नलागी आधिकारिक निकाय तथा स्रोतबाट प्राप्त सूचना लिई हाललाई आफू जहाँ हुनुहुन्छ कृपया त्यही सुरक्षित हुन पुनः अनुरोध गर्दछु । जस्तोसुकै कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोवलका साथ आफ्ना आफन्तजन तथा नेपाली दुतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्क गरी जानकारी दिनु होला । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टर मार्फत पनि यहाँहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी सवैले संयमित रही मिलेर लड्यौ भने संक्रामक रोगको यो विषम परिस्थिति विरुद्ध पनि हामी सबैले बिजय प्राप्त गर्न सफल हुनेछौं । धन्यवाद ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट