२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के इबोलाको औषधीले ठिक हुन्छन् कोरोनाका बिरामी ?

२०७७, १८ बैशाख बिहीबार ०२:३९

वैशाख १८, बीबीसीको सहयोगमा | अमेरिकी सरकारको संक्रामक रोगका लागि चर्चित विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाभाइरसको उपचारका लागि इबोलाको औषधीको सुरुवाती ट्रायलसँग आफू आशावादी भएको बताएका छन् ।

यो औषधीको नाम रेमडेसिवियर हो र यो एक एन्टी भाइरसल औषधी हो । सुरुवातमा यसलाई इबोलाको उपचारका लागि बनाइएको थियो ।

डाक्टर फाउचीले भनेक छन्- 'आँकडाले स्पष्ट देखाउँछ कि रेमडेसिवियरको प्रयोगपछि मानिसहरु चाँडै नै निको हुन्छन् । सुरुवाती आँकडामार्फत् थाहा भएको छ कि यो औषधीको सेवनपछि १५ दिनमा ठिक हुने बिरामी ११ दिनमा निको हुने गर्छन् । यो चमत्कारिक नलाग्न पनि सक्छ तर यो प्रमाणित भइसकेको छ कि इबोलाको औषधीले कोरोना भाइरसलाई रोक्न सकिन्छ ।'

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले रेमडेसिवियरको ट्रायल गरेको छ तर अहिले यसको नतिजा प्रकाशित भएको छैन ।

डाक्टर फाउचीको यो बयान यस्तो समयमा आएको छ जब मेडिकल जर्नल लेन्सेटले चीनमा रेमडेसिवियरको एउटा ट्रायलको विस्तृत जानकारी प्रकाशित गरेको छ ।

 प्रकाशित जर्नलमा रेमडेसिवियरले कोरोना भाइरसको बिरामीको स्वास्थ्य सुधार्न नसकिएको जिकिर गरिएको छ । यद्यपि, चीनमा यो ट्रायल पूरा हुन सकेको भने थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ