२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो रहनेछ आजदेखि तीनदिनसम्मको मौसम, सतर्कता अपनाउन आग्रह

२०७७, १८ बैशाख बिहीबार ०३:००

वैशाख १८, काठमाडौँ | हाल देशमा पश्चिमी वायु/स्थानीय वायु र पूर्वी  भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य वाकी भू-भाग मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमानः 

आज बैशाख १८ गते (विहिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसै वीच आज २४ घण्टाको मौसम पूर्वानुमान अनुसार देशका केहि स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग  र हावाहुरी  सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

बैशाख १९ गते (शुक्रबार)

दिउँसोः  देशको पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही अपरान्ह पछि  पश्चिमी र पुर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षा र वाकी भु-भागका केही  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षा र वाकी भु-भागका केही  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख २० गते (शनिबार)

दिउँसोः  देशको पश्चिमी पहाडी भू-भागमा मध्यान्नपछि तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको मध्य तथा पुर्वी पहाडी भू-भाग र पश्चिमी भू-भाग सामान्य बदली तथा पुर्वी खण्डको तराइ भू-भागमा आंशिक बदली रही वाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही  स्थानहरुमा  र मध्य भू-भागका एक दुइ स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना