2026-07-24 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप दुई जनामा कोरोना सङ्क्रमण

वैशाख १९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ । 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५  र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज जानकारी दिनुभयो । उहाँले ती  दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताउनुभयो । 

नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् । 

मन्त्रालयले जनाए अनुसार हालसम्म नेपालमा कोरोना परीक्षणको शंख्या १२ हजार १३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण हुने महिलाको शंख्या ९ छ भने ५० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको अवस्था छ । जस मध्ये ६० बर्षमाथिमा ९ जना रहेका छन् जस मध्ये ३ जना बृद्ध/वृद्धा निको भईसकेका छन् ।

जिल्ला अनुसार कोरोना संक्रमितहरुको शंख्या उदयपुरमा सबैभन्दा बढी रहेका छन् | यहाँ २८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्सामा ६ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, रौतहटमा ३ जना, बागलुङमा २ जना बारामा २ जना, चितवनमा २ जना, झापामा २ जना रहेका छन् ।

त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको शंख्या ३३ लाख २२ हजार ८१४ पुगेको छ ।

जस मध्ये २ लाख ३४ हजार ४०८ जनाको मृत्यु भएको छ भने १० लाख ५० हजार ४०८ जना निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक