वैशाख २१, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।
उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।
संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले जानकारी दिए ।
यस्तै मन्त्रालयले जनाए अनुसार हालसम्म नेपालमा कोरोना परीक्षणको शंख्या १२ हजार ५ सय ७७ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण हुने महिलाको शंख्या ९ छ भने ५१ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको अवस्था छ । जस मध्ये ६० बर्षमाथिमा ९ जना रहेका छन् जस मध्ये ३ जना बृद्ध/वृद्धा निको भईसकेका छन् ।
जिल्लाअनुसार कोरोना संक्रमितहरुको शंख्या उदयपुरमा सबैभन्दा बढी रहेका छन् | यहाँ २८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्सामा ७ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, रौतहटमा ३ जना, बागलुङमा २ जना बारामा २ जना, चितवनमा २ जना, झापामा २ जना, रौतहटमा १ जना र बाँकेमा १ जना रहेका छन् ।
त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको शंख्या ३४ लाख ९९ हजार ४०४ पुगेको छ ।
जस मध्ये २ लाख ४४ हजार ९९१ जनाको मृत्यु भएको छ भने ११ लाख २७ हजार २२६ जना निको भएका छन् ।