२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धजयन्ती: कोरोना मुक्तिको कामना

२०७७, २५ बैशाख बिहीबार १२:३०

वैशाख २५, काठमाडौँ | वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा  ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ ।

विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो ।  यस वर्ष भने कोरोनाको जोखिम हुन नदिन जारी बन्दाबन्दीका कारण सामाजिक दूरी कायम गर्दै कोरोना मुक्तिको कामना गर्दै स्तुपा, विहार तथा गुम्बामा सामान्य पूजा गरिएको हो । सो अवसरमा पोखरा महानगरपालिका–३ तेस्रापट्टीस्थित धर्मशिला बुद्ध विहारमा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा असहाय एक हजार जनालाई निःशुल्क भोजन गराइएको दायक सभाका पूर्वअध्यक्ष तीलकमान गुभाजुले जानकारी दिनुभयो ।

यहाँका आसपासका स्तुपा, विहार तथा गुम्बामा तत्तत् स्थानमा रहनुभएका बौद्ध भिक्षु एवं लामा गुरुहरूबाट पूजापाठ गरिएको उहाँले बताउनुभयो । वैशाख शुक्ल पूर्णिमाका दिन गौतमबुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त भएका कारण आजको दिनलाई त्रिसंयोगको दिनका रुपमा लिइन्छ । 

गुभाजुका अनुसार पोखराको अनदुमा विश्व शान्ति स्तुप, तेस्रापट्टीमा धर्मशिला बुद्ध विहार र मोहोरियामा धर्म सङ्घ बुद्ध विहारसहित झण्डै दुई दर्जनको सङ्ख्यामा गुम्बा छन् । रासस

पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बौद्ध  अनुयायीद्धारा पूजापाठ र  ध्यान गरिँदै तस्वीरः राधिका कँडेल/रासस

पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बिहीबार बुद्ध जयन्तीका अवसरमा सहभागी बुद्ध अनुयायी । तस्वीरः राधिका कँडेल/रासस

पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनमा बिहीबार बुद्धजयन्तीका अवसरमा  शंखध्वनिका साथ बुद्धपूजा गरिँदै । तस्वीरः राधिका कँडेल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना