सम्राट सिंह | वैशाख २६, बझाङ | नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन । लामो समयदेखि विभिन्न कठोर राजनितिक यात्रा गरिरहेका नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बिहिबार जिल्लाको थलारा गाउँपालिका १ मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।
स्वास्थ्य अवस्था मा समस्या भएका कारण मैले बिप्लब नेकपाको कुनैपनि पद तथा जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको नेकपा बिब्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खडकाले बताए । अहिले तत्काल कुनै पार्टी मा लगाव नभएको फेरी देश र जनता को सेवामा समर्पित हुने गरी राजनितिक यात्रा तय गर्ने उनको भनाइ छ ।
खडका २०६४ सालको निर्वाचनमा बझाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन ।