२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत-चीन सीमामा तनाव: सिक्किममा चीन र भारतीय सैनिकबीच झडप

२०७७, २८ बैशाख आईतवार ०७:५२

वैशाख २८, काठमाडौँ (एजेन्सी) | उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ । सेनाको स्रोतलाई उद्धृत गर्दै स्रोतले दुई देशका सैनिक यतिबेला निकै आक्रामक व्यवहार देखिएको बताएको छ । 

सीमाका बिषयमा तनाब सुरु हुँदा दुई देशका सेनाबीच झडप भएको थियो । उक्त झडपका क्रममा दुबैतर्फका सैनिक घाइते भएको बताइएको छ । यद्यपि, पछि कुराकानीमार्फत् झगडा साम्य भएको थियो ।


मिडिया रिपोर्टका अनुसार उक्त घटना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो । यो इलाका ५ हजार मिटर उचाईमा छ । एक अधिकारीका अनुसार झगडमा ४ भारतीय र ७ चिनियाँ सैनिकलाई चोट लागेको छ । यो झडपमा दुई देशका करिब १५० सैनिक समावेश थिए ।

भारतीय सैनिकले सीमा विवादको विषयमा भारतीय र चिनियाँ सैनिकबीच अस्थाई र कुनै कुनै बेला झगडा हुँदै आएता पनि यसपटकको झगडा निकै लामो समयपछि भएको हो । दुई देशका सेनाले यस्ता मुद्दालाई प्रोटोकलको आधारमा सुल्झाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ