२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्दियामा कोरोना सङ्क्रमित बालिका खजुरा अस्पतालमा

३० बैशाख २०७७, मंगलवार १४:१८

वैशाख ३०, राँझा | बर्दियाको राजापुर नगरपालिकामा आज कोरोना सङ्क्रमण देखिएकी एक बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उहाँले बताउनुभयो । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

९६ स्वाबको रिपोर्ट नेगेटिभ

नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा मङ्गलबार ९६ जनाको कोरोना परीक्षण रिपाोर्ट नेगेटिभ आएको छ । सोमबार नेपाल–भारत सीमावर्ती क्षेत्र जयसपुरबाट सङ्कलित ८२ र खजुरा प्राथमिक स्वास्थ्य केन्द्रबाट सङ्कलित १४ स्वाबको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

शनिबार टाँगा स्टेशन क्षेत्रबाट सङ्कलित १६२ स्वाबको रिपोर्ट भने अझै आएको छैन । ती १६२ स्वाबको काठमाडौँमा परीक्षण भइरहेको छ । आज पनि थप पाँच जनामा स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा हालसम्म २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सबैको खजुरास्थित कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ ।

 लुकिछिपी भित्रिनेबाट थप जोखिम 

बाँकेमा भारतबाट लुकिछिपी नेपाल भित्रिनेबाट कोरोना भाइरस सङ्क्रमणको थप जोखिम बढेको छ ।  जमुनाहस्थित नेपाल–भारत मुख्य नाकामा आवतजावत ठप्प रहे पनि ग्रामीण नाकाबाट लुकिछिपी नेपाल छिर्ने क्रम दैनिक रुपमा चलिरहेको छ । आज मात्रै राप्तीपारिको कालाफाँटा र खडैचा नाकामा ५१  नेपाली आइपुगेका छन् । नेपाल प्रवेश गर्नेक्रममा कालाफाँटामा २९ र खडैचामा २२ जनालाई रोकिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । 

उहाँका अनुसार सङ्क्रमण रोकथामका लागि नेपाल र भारतमा बन्दाबन्दी जारी रहे पनि दैनिकजसो नेपाली सीमा नाकासम्म आउने गरेका छन् । कतिपयले सीमामा तैनाथ सुरक्षाकर्मीलाई समेत छलेर नेपाल प्रवेश गर्ने गरेका छन् ।  भारतीय प्रहरीले नेपालीलाई सहजै नाकासम्म आउन दिएका कारण दैनिक रुपमा नेपाली सीमामा आउने गरेका छन् । लकडाउन लम्बिँदै जाँदा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिसकेका नेपालीलाई भारतीय प्रहरीले छाडेको पाइएको छ ।

एक हप्ताअघि मात्र राप्तीपारि नरैनापुर क्षेत्रमा भारतबाट प्रवेश गरेका २१ नेपालीलाई दशगजा क्षेत्रमै अस्थायी एकान्तबास बनाएर राखिएको छ । आज नाकामा आइपुगेका व्यक्तिलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमामा लुकिछिपी भइरहेको आवागमन रोक्नका लागि बाँकेमा सीमाक्षेत्रको अनुगमन तथा निगरानी शुरु भएको छ ।   सङ्क्रमण रोकथामका लागि मुख्य नाका जमुनाह ठप्प भए पनि ग्रामीण नाकाबाट अनधिकृत तरिकाले हुन सक्ने आवतजावत रोक्न सीमा क्षेत्रको अनुगमन तथा निगरानीमा कडाइ गरिएको प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिनुभयो । बाँकेका २४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको  कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो