१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मास्क प्रयोगबारे नयाँ खुलासा: संक्रमण नफैलन कति प्रभावकारी ?

७ जेष्ठ २०७७, बुधबार ०६:५८

जेठ ७, काठमाडौँ (एजेन्सी) |  एक नयाँ अध्ययनले मास्कको प्रयोगबाट संक्रमण फैलने दर निकै कम हुने देखाएको छ । यसअघि स्वास्थकर्मीले पनि यस्तै दाबी गरेका थिए । 

हङकङमा गरिएको एक अध्ययनले सर्जिकल मास्क प्रयोगले स्वासप्रश्वास सम्बन्धी छिटा र हावाका कणहरुमार्फत कोरोना फैलने दरमा ७५ प्रतिशतसम्म कमी ल्याउनसक्छ । एकअर्काबीच सम्पर्क नभएको अवस्थामा यो कुरा लागू हुन्छ । 

‘यो खोजीले विश्व र सर्वसाधारणलाई देखाएको छ कि कोरोना भाइरस महामारीविरुद्ध मास्क लगाउनुको प्रभाव अत्यन्तै ठूलो छ,’ २००३ मा सार्स भाइरस पत्ता लगाउन सहयोग गरेका हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट डाक्टर युयन कोक युङले भने । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले मास्क प्रयोगबारे महिनौंसम्म परस्पर विरोधी सूचना दिएपछि यो टोलीको नयाँ निष्कर्ष सार्वजनिक भएको हो ।

डब्ल्युएचओले स्वास्थ्य सेवास्थलबाहिर यसको प्रभावकारीताबारे प्रश्न उठाउँदै आएको छ, यता बेला र अमेरिकासहितका केही देशका सरकारले सुरुवातमा स्वास्थकर्मीको प्रयोगका लागि मास्क छाडिदिन आफ्ना जनतासँग आग्रह गरेका थिए । तर पछि गएर उनीहरुले यु–टर्न लिदैं मास्कको फराकिलो प्रयोगलाई प्रोत्साहन गरे ।  

हङकङ विश्वविद्यालयले गरेको यसप्रकारको पहिलो अध्ययनमा दुईवटा पिन्जडामा (हेम्सटर्स) मुसालाई राखिएको थियो – एउटामा संक्रमित मुसाको समुह र अर्को स्वस्थ्यलाई ।

अनुसन्धानकर्ताले तीन फरक अवस्था सिर्जना गरेका थिए – केवल संक्रमित मुसालाई मात्र मास्क लगाइदिने, केवल स्वस्थ मुसालाई मास्क लगाइदिने र कसैलाई मास्क नलगाइदिने । यी दुई पिन्जडाबीच पंखा राखिएको थियो, जसले ती मुसाहरुबीच हावाबाट कणहरु फैलाउथ्यो। 

मास्क नै नलगाएको अवस्थामा ६६ दशमलव ७ प्रतिशत मुसाहरु एक साताभित्र संक्रमित भएको पाइयो । जब संक्रमितको पिन्जडा मास्कले ढाकियोे, तब यो संक्रमण दर  १६ दशमलव ७ प्रतिशतमा झर्यो । जब स्वस्थ मुसाको पिन्जडामा मात्रै मास्क लगाइयो, तब संक्रमण बढेर ३३ प्रतिशतमा पुग्यो । 

मास्क लगाउँदा पनि संक्रमित भएका मुसामा समेत मास्का नलगाइ संक्रमित भएका मुसाको दाँजोमा शरीरमा कम भाइरस देखिएको अनुसन्धानकर्ताले भेटेका छन् । ‘हाम्रो प्रयोगमा यो धेरै स्पष्ट  देखिएको छ कि मानिस हुन् वा मुसा, लक्षण नदेखिने हुन् वा लक्षण देखिने नै, मास्क लगाएमा उनीहरुले अन्य व्यक्तिको सुरक्षा गर्न सक्छन् । हामीले यहाँ प्रदर्शन गरेको बलियो नतिजा यही हो,’ युइनले भने । 

‘विशेषगरी जब संक्रमित मानिसले सर्जिकल मास्क प्रयोग गर्छन्, तब ५० प्रतिशतले संक्रमण कम गर्न सकिन्छ,’ उनले भने । 

हैम्यस्टर्स प्रजातीको मुसामा मानिससँग मिल्दोजुल्दो इन्जमाइम रेसिप्टर्स हुन्छ, त्यसैले नै अध्ययनका लागि परीक्षणका क्रममा यही जनावर प्रयोग गरिएको थियो । कुल ५२ हैम्यस्टर्सलाई यस अध्ययनमा प्रयोग गरियो । 

‘यो चरणसम्म हामीसँग सुरक्षित र प्रभावकारी भ्याक्सिन छैन । त्यसैले सामाजिक दुरीको मापदण्ड र मास्क प्रयोग नै अझै व्यवहारिक रुपमा कायम छ,’ युइनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता