2026-09-12 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँसहित ६ जिल्लामा देखिए ३२ सङ्क्रमित

जेठ १०, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो । 

उहाँका अनुसार नयाँ सङ्क्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपेन्देही आठ र चितवनका एक जना छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन् । 

सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् । यसैगरी नयाँ सङ्क्रमितमा काठमाडौँका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महागरपालिका वडा नं ६ का ५२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । 

आज भेटिएका नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको छ । हिजो शुक्रबार मात्रै ५९ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ७० जना पूर्णरूपमा सञ्चो भइ घर फर्किसकेका छन् । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन