हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी कुराहरुलाइ ख्याल गर्नुस्, तपाईंका सबै सपनाहरु पूरा हुनेछन्

५ श्रावण २०७३, बुधबार ०७:३८

हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद्दत गर्छ ।

 -जिन्दगी निकै लामो छ । त्यसैले निरन्तर अघि बढ्नुहोस् । नयाँ-नयाँ अनुभवहरु हासिल हुनेछन् । जीवनमा धेरै कुरा गर्ने मौका मिल्नेछ ।

-सबैभन्दा पहिले परिवर्तन अनिवार्य छ भन्ने कुरा बुझ्नु जरुरी छ । समय कहिल्यै उस्तै रहँदैन, यो त परिवर्तनशील हुन्छ । हामीले परिवर्तनलाई स्वीकारौँ वा नस्वीकारौँ परिवर्तन आफ्नै गतिमा जारी रहन्छ । त्यसैले समयसँगै आफूलाई पनि परिवर्तित गर्दै लैजानुहोस् ।

- अघि बढ्नुको सबैभन्दा सुन्दर पक्ष भनेको तपाईंको सोच सकारात्मक रहन्छ । नयाँ चुनौतीहरुलाई सफलतापूर्वक सामना गरेपछि तपाईंको सोच बदलिन्छ । नयाँ-नयाँ अनुभव हासिल हुन्छन् । अनि अघि बढ्न झनै सहज हुनेछ । तपाईं नरोकिनुस्, सुन्दर मौकाले तपाईंको प्रतिक्षा गरिरहेको छ । यसका लागि तपाईं आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनै पर्छ ।

-प्राय मानिसमा देखिने साझा समस्या भनेको मानिस आफ्नो कम्फर्ट जोन (जोखिमरहित क्षेत्र)बाट अघि बढ्नै खोज्दैन । मानौं एउटा व्यापारी जसले १० लाख लगानीमा परिवार पाल्ने गरी आम्दानी गरिरहेको छ । आवश्यकताहरु परिपूर्ति भएका छन् । अब उसले सोच्छ कि यो त मेरो कम्फर्ट जोन हो, थप लगानी गरेर आफूलाई किन जोखिममा राख्ने । त्यसपछि जिन्दगीभर उसले त्यसैलाई निरन्तरता दिन्छ । जसका कारण सम्भावित ठूला सफलताहरुबाट ऊ बञ्चित हुन्छ । त्यसैले आफ्नो कम्फर्ट जोनबाट पनि अघि बढ्ने साहस गर्नुहोस् ।

- बितेको कुरालाई हामीले चाहेर पनि परिवर्तन गर्न सक्दैनौँ । जे हुनु भइसक्यो । अब यसबारे सोचिरहेर पनि तपाईंलाई कुनै फाइदा छैन । त्यसैले हिजोबाट शिक्षा लिनुस् अनि भोलिलाई सुन्दर बनाउने अठोट गर्नुहोस् । सुन्दर भविष्यले पीडादायी विगतलाई अवश्य भुलाउनेछ । एजेन्सी ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो