2026-09-19 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमा विवादबारे नेपाली अभिनेत्रीको अभिव्यक्ति ‘मेरो इन्डियन फ्रेन्ड्ससँग म कसरी फेस गर्ने ?’

जेठ ११, काठमाडौँ | नेपालले आफ्नो भूमिसहित नक्सा सार्वजनिक गरेपछि सो बिषयमा सामाजिक संजाल ट्वीटर मार्फत बलिवुड अभिनेत्री मनिषा कोईरोलाको नेपालमा चौतर्फी प्रशंशा भईरहेको बेला नेपालकि एक अभिनेत्री भने सोहि बिषयमा बोल्दा आलोचित भएकी छन् । 

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । उनकै प्रशंशकहरुले समेत उनको आलोचना गर्दै ‘घमण्डी’ भनेका छन् । 

सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् । जसमा दुई देशबीच बिबाद छलफलबाट टुंग्याउन सकिने बताएकि छन् जसलाई सकारात्मक मानेपनि त्यसै भिडियोमा उनले नेपाली र भारतका पत्रकारहरुको आलोचना गर्दै आनावाश्यक विवादले आफूलाई समस्या पारेको भनेकी छन् । 

उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’ उनको यतिसम्मको भनाई सकारात्मक मानिएपनि उनले भिडियोमा थप भनेकी छन् – ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’ 

राउतलाई विवादका कारण आफ्ना भारतीय साथीहरुसँग कसरी फेस गर्ने भन्ने अफ्ट्यारो भएको अभिव्यक्तिसंगै उनको आलोचना गरिएको छ  । आफ्नो व्यक्तिगत स्वार्थलाई देखाएर नायिका राउतले सिंगो देशको ध्यान खिचिएको बिषयमा नसुहाउँदो टिप्पणी दिएको भन्दै उनको आलोचना गरिएको हो । 

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले आफूलाई समस्या परेको उनले दिएको भिडियो अभिव्यक्तिमा स्पष्ट देख्न सकिन्छ । उनलाई देशको भन्दा भारतीय साथीको चिन्ता भएको भन्दै चौतर्फी आलोचना गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो