२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षा राउतले सामाजिक सञ्‍जालमा गाली खाएपछि गल्ती स्वीकार्दै भनिन्, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो’

२०७७, ११ जेष्ठ आईतवार ०७:००

जेठ ११, काठमाण्डौ । नायिका वर्षा राउतले आफू राष्ट्र र राष्ट्रियताप्रति प्रतिवद्ध रहेको बताएकी छन् । नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि चर्को गाली खाएकी थिइन् । 

उनले सामाजिक सञ्‍जालबाट गरिएका भद्दा गालीले आफूलाई भावनात्मक ठेस पुगेको पनि गुनासो गरेकी छन् ।  'हो, म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन', उनले भनेकी छन्, 'अलिकति पनि माथि-तल परेकी छैन । 

संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिको माया हुँदैन होला र? आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ।’ बर्षा राउतले भारतीय साथीको चिन्ता गर्दा गालीको वर्षा उनले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर नक्सा जारी गरेर नेपाल सरकारले कर्तव्यनिष्ठता देखाएको पनि बताइन्। 

राउतले आफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार रहेको पनि दाबी गरेकी छन्।  ‘यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन्', उनले भनेकी छन्, 'जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दबाट देखिन थालेको छ। यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यति भन्‍न खोजेकी हुँ।’ राउतले आफूले सीमा विवादबारे गल्तीवश बोलेको स्वीकारेकी छन्। अबदेखि बोल्न बोल्दा विचार पुर्‍याउने पनि उनले बताएकी छन् । ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला। जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान्', उनले भनेकी छन्, 'यस्तो परिस्थिति खडा हुन पुगेकोमा क्षमाप्रार्थी छु। अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्नेछु।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक