2026-07-25 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०० नाघ्यो

जेठ ११, काठमाडौं । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बारदशी २ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको देवकोटाले बताए । 

यसैगरी काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुष र नुवाकोटको ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ। 

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २३, ३३ र ४० वर्षीय ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कपिलबस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषका साथै गुल्मीका ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ भने हालसम्म ८७ जनाले कोरोना जितेका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक