२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मास्क र स्यानिटाइजर बढी मूल्यमा बेच्ने अनलाइन सपलाई २ लाख जरिवाना

१४ जेष्ठ २०७७, बुधबार ०७:४८

जेठ १४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले मंगलबार तीनवटा व्यापारिक फर्मलाई कारवाही गरेको छ। प्रचलित कानुन र उपभोक्ता हित विपरीतको काम गरेको पाइएका फर्मलाई २ लाख ७० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।


मनोमानी रूपमा बढी मूल्य लिएर मास्क र स्यानिटाजर बिक्री गरेको पाइएपछि अनलाइन शपलाई कारवाही गरिएको हो। विभागको टोलीले बजार अनुगमनका क्रममा राजधानीको तिनकुनेस्थित नक्षत्र इन्कर्पोरेशन प्रालिलाई २ लाख रूपैयाँ जरिवाना गरेको छ।

साथै व्यवसाय दर्ता र खरिद बिल प्रयोग नगरी सामान बिक्री गर्ने दुईवटा अनलाइन शपलाइ पनि जरिवाना गरेको छ। टोलीले कोटेश्वरमा रहेको अलिबाबा नेपाल शपलाइ व्यवसाय दर्ता नगरी व्यापारीक क्रियाकलाप गरेको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

यस्तै इजी शपले ग्राहकलाइ बिल प्रयोग नगरी सामान बिक्री गरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको हो। विभागले कल सेन्टरमा आएका उजुरी र उपभोक्ताले दिने गरेका सूचनाका आधारमा बजार अनुगमन गरिरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ