साउन ५, काठमाडौँ । सभामुख ओनसरी घर्तीले ११ दिनदेखि अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौँ । सभामुख ओनसरी घर्तीले ११ दिनदेखि अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

सभामुखलाई गोविन्द केसीको प्रश्न, तपाईंको घर कहाँ हो ? त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ?

५ श्रावण २०७३, बुधबार ११:०९

साउन ५, काठमाडौँ । सभामुख ओनसरी घर्तीले ११ दिनदेखि अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर सभामुख घर्तीमगरले डा केसीको स्वास्थ्यबारे जानकारी लिएकी हुन् । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । सभामुख घर्तीले डा केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने आश्वासन दिएकी छन् । 

डा केसीले सभामुख ओनसरी घर्तीलाई ‘तपाईंको घर कहाँ हो ?’ र त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ? भन्ने प्रश्न गर्दै चिकित्सा शिक्षा सुधार गरे मात्र सबै नेपाली गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए । 

डा केसीले भने, ‘त्यस क्षेत्रका जनताले गुणस्तरीय उपचार सेवा पाउन भनेर आफूले दाङमा मेडिकल कलेज खोल्न सरकारलाई पटकपटक आग्रह गर्दासमेत बजेट विनियोजन भएन । सबैलाई उपत्यका भन्दा बाहिर जानै मन छैन ।’

सभामुखसँगको भेटमा डा केसी शिक्षालाई सेवाको भावमा नभई नाफामूलक संस्थाको रुपमा विकास गरिँदै लगेकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पष्ट पारेका छन् । सभामुख घर्तीले डा केसीका मागका विषयमा दलसँग छलफल गर्ने समेत आश्वासन दिएकी छन् । 

सभामुख भेटका लागि शिक्षण अस्पताल पुग्दा अस्पतालका चिकित्सकशास्त्रका विद्यार्थीले डा केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै नारा लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार