2026-07-25 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

जेठ १५, रासस/एपी | विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ । 

एक अर्कालाई कोरोनाभाइरस सर्न नपाओस् भन्ने उद्देश्यले टेबलमा प्लाष्टिकले छोप्ने व्यवस्था गरिएको सञ्चालकहरुले जनाएका छन् ।

हरेक व्यक्तिको अनुहार तथा शरिर तीन चार तिरबाट छेकिनेगरी टेवलमा नयाँ संरचना बनाइएको पाइएको छ । 

त्यस्ता संरचना बनाएपछि बोलेको सुनिने, देख्न सकिने तर एक अर्कालाई नछोईने र एक अर्काको स्वासप्रश्वास आदानप्रदान नहुने सञ्चालकहरुको भनाइ छ । यस्ता संरचनाहरु कोरोनाभाइरस सर्ने खतरा रहेको बेलासम्मका लागि मात्रै राखिने उनीहरुले बताएका छन् । 

रेस्टुरेन्टहरुमा सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरु पनि अपनाउनु पर्ने नियम कायमै राखिएको छ ।

लिथुआनियाको राजधानीमा रहेको एउटा रेस्टुरेन्टमा बनाइएका त्यस्ता संरचनाहरु स्थानीय फेसन डिजाइनरहरुले बनाएको बताइएको छ । 

“हामीले उपभोक्ताहरुलाई सुरक्षित र सजिलो हुनेगरी व्यवस्थापन गरेका छौँ,” रेस्टुरेन्टका एक सञ्चालक पात्रिकास रिबासले भन्नुभयो । 

राजधानी भिल्निसका मेयर रेमिगिजुस सिमासिसले सृजनात्मक र राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्नुभएको छ । 

त्यसैगरी जर्मनीको होफैममा रहेको ‘विफ एण्ड विफ’ले पनि टेवलमा यस्तै प्रकारको संरचना बनाएको छ ।

आम्स्टर्डामको मेडियामेटिक रेस्टुरेन्टले शिशाका साना साना कोठा तथा घरहरु बनाएर कोरोनाभाइरस फैलिन नदिने प्रयास गरेको छ । 

कोरोनाभाइरस फैलिने डरले विश्वका धेरै ठाउँका व्यापार, व्यवसाय तथा कार्यालयहरु बन्द गरिएका छन् भने सरकारले लकडाउनको घोषणा गरेका छन् । 

कोरोनाको डर र लकडाउनका कारण व्यापार व्यवसाय सञ्चालकहरु आर्थिक सङ्कटमा पर्न थालेपछि केही सञ्चालकहरुले सतर्कतासहितको नयाँ व्यवस्था गरेर व्यवसाय सञ्चालन गर्न थालेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक