१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विवाद अमेरिका–चीन दुबैका लागि ठीक नहुने’

१५ जेष्ठ २०७७, बिहीबार १५:३१

जेठ १५, बेइजिङ | रासस/एएनआई | विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताउनुभएको छ ।

अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोनाभाइरसलगायतका विविध बिषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्रीले अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउनु चीन, अमेरिकालगायत विश्वका अन्य मुलुकका लागि पनि राम्रो नहुने बताउनुभएको हो ।

यदि विश्वका दुई प्रमुख अर्थतन्त्रले एकआपसमा विवाद मात्रै गर्ने हो भने कोरोनाभाइरसका कारण प्रभावित विश्व अर्थतन्त्र अझै थप सङ्कटतर्फ जाने धारणा राख्नुभएको हो । 

राष्ट्रिय जनसभाको समापन समारोहपछि पत्रकार सम्मेलनमा बोलेका कुराबारे लीलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ,“चीन र अमेरिकाले एकआपसमा सम्बन्धलाई जटिल बनाएमा यो अमेरिका, चीन र बाँकी विश्व कसैको हितमा पनि हुने छैन ।”

पछिल्ला केही दिनहरूमा चीन र अमेरिकाबीच ‘कोरोनाभाइरस महामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । त्यसो त अमेरिका र चीनबीच वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै व्यापार विवादले स्थान लिएको छ ।


चिनियाँ प्रधानमन्त्री लिले भन्नुभयो, “दुई मुलुकबीचसोचमा चिन्नता हुनु स्वभाविकक हुन्छ तर तर्कसम्मत माध्यमबाट सहमतिको साझा विन्दुमा पुग्नु उत्तम विकल्प हुन्छ ।”

“हामीबीच फरक राजनीतिक प्रणाली, सांस्कृतिक परम्परा र ऐतिहासिक पृष्ठभूमि रहेका छन् । त्यसैले हामीबीच विवाद हुनु नितान्त स्वभाविक कुरा हो । तर कुरा के हो भने विवादको कसरी समाधान निकाल्ने भन्ने हो । विगतका केही दशकदेखि अमेरिका–चीनबीच सम्बन्धमा विभिन्न रूपमा विवाद आयो ।” 

उहाँले भन्नुभयो, चीन र अमेरिका दुबै पक्षले दुई देशका राष्ट्रप्रमुखबीच यस पहिले सम्पन्न शिखर सम्मेलन तथा ओपचारिक तथा अनौपचारिक कुराकानीमार्फत निकालेको निष्कर्ष तथा महत्वपूर्ण मतऐक्यता बमोजिम समन्वय, सहकार्य र स्थिरताको आधारमा अघि बढ्नुपर्ने बुझाई चीनको रहेको छ ।” 

प्रधानमन्त्रीले दुई मुलुकबीचको अर्थतन्त्र एकआपसमा  गाँसिएका र व्यवसायले पनि एक अर्कालाई वेवास्ता गरी अघि बढ्न नसक्ने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल