३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

१७ जेष्ठ २०७७, शनिबार १५:११

जेठ १७, ब्रसेल्स (रासस/सिन्ह्वा) |  यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले उक्त संस्थालाई दिँदै आएको बजेटलाई अन्यत्र लगानी गर्ने तर विश्व स्वास्थ्य संगठनलाई भने नदिने घोषणा गरेपछि इयूको धारणा सार्वजनिक भएको हो ।

इयूले अमेरिकालाई डब्लुएचओबारे शुक्रबार सार्वजनिक निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देन लेयन र इयूका विदेश तथा सुरक्षा नीति मामिला उच्च प्रतिनिधि जोसेप बोरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डब्लुएचओले महामारीको अन्तर्राष्ट्रिय व्यवस्थापनको जिम्मेवारीलाई अहिले र भविष्यमा पनि निरन्तरता दिनुपर्छ । यसका लागि सबैको सहभागिता र सहयोगको आवश्यकता हुन्छ । विश्वव्यापी सङ्कटबीच अहिले सहकार्यलाई बढाउँदै साझा समाधानको पहल हुनु जरूरी छ । अन्तर्राष्ट्रिय नतिजालाई कमजोर पार्ने कुनै पनि कार्यलाई रोक्नुपर्छ ।” 

विज्ञप्तिमा भनिएको छ, “यो अवस्थामा हामीले अमेरिकालाई उसले शुक्रबार सार्वजनिक गरेको निर्णयलाई पुनः विचार गर्नुपर्छ ।” 

विश्वले कोभिड–१९ को महामारीसँग जुझिरहेका समय सबैको प्रमुख काम मानिसहरूको ज्यान जोगाउने र महममारीलाई नियन्त्रणमा राख्ने तथा अन्त्य गनु हुनेछ । इयूले यसका लागि डब्लुएचओलाई साथ दिनेछ र यस अघि नैथप बजेटको व्यवस्थापनमा सघाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल