२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन, अमेरिका र बेलायतद्वारा कोरोना विरुद्धको भ्याक्सिन दोस्रो चरणको ट्रायलमा

२०७७, १८ जेष्ठ आईतवार ०१:४७

जेठ १८, काठमाडौँ (एजेन्सी) | कोरोना संक्रमण फैलन सुरु भएको चीनमा कोरोना विरुद्धको भ्याक्सिन दोस्रो चरणको ट्रायलमा रहेको बताइएको छ । 

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले संसारलाई चीनलेनै कोरोना विरुद्धको भ्याक्सिन दिने सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्ट गर्दै चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएको छ ।

ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो । २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । 

उक्त पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने बताइएको छ । 

उता अमेरिका र बेलायतले पनि यस बर्षको अन्त्यसम्ममा कोरोना विरुद्धको भ्याक्सिन तयार गरिसक्ने दावी गर्दै हाल परीक्षणकै क्रममा आफ्नो काम अगाडी बढाईरहेका छन् । ब्रिटिसको अक्सफोर्ड युनिभर्सिटीले बिभिन्न ७ देशबाट कोरोना भाइरसको भ्याक्सिन उत्पादनको काम सुरु गरिसकेको र यसै वर्षाको अन्त्यसम्ममा उपलब्ध गराउने दावी गरेको छ ।

त्यस्तै संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । उसले पशुहरुमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको जनाएको छ । सो कम्लेपनीले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १.५ अर्ब डोज उत्पादन गर्न सकिने बताइसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ