आहा ! कति भाग्यमानी हामी, ब्रह्माण्डका करोडौ तारापुञ्जहरू मध्ये आकाशगंगा यसभित्रको पनि स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आहा ! कति भाग्यमानी हामी, ब्रह्माण्डका करोडौ तारापुञ्जहरू मध्ये आकाशगंगा यसभित्रको पनि स"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दर मन्दिर बनाउने रहर छ

२०७७, १८ जेष्ठ आईतवार ०२:२३

लेखकः स्वामी देव रोशन |
शिक्षक, गंगालाल मा.वि.,स्याङ्गजा 

आहा ! कति भाग्यमानी हामी, ब्रह्माण्डका करोडौ तारापुञ्जहरू मध्ये आकाशगंगा यसभित्रको पनि सौर्यमण्डल र यसको परिवारको पनि एक मात्र जिवित ग्रह पृथ्वीका प्राणी । हामी मानव हाम्रो सेरोफेरो नियाल्दा पनि गर्वले छाती फुल्छ । हाम्रा हिन्दु धर्मग्रन्थहरु र जीव वैज्ञानिकहरुले बताएअनुसार अनुमानित ८४ लाख योनी(प्राणी)हरु छन । यीनीहरु मध्ये पनि उत्कृष्ट र महत्वपुर्ण प्राणी मानव मानिन्छ । परमात्मा ईश्वर सगँ नजिक रहने, आफ्ना सत्कर्म ध्यान साधनाले परमात्मा बन्न सक्ने अवसर हामिलाई छ । तर पनि हामी हाम्रो जीवनमा मानव सम्म बन्न नसकेर हाम्रा दानविय राक्षसी प्रवृतिले गर्दा स्तर त खस्केको छ नै अझ अन्य सोझा सिधा वेकसुरका सजिव र निर्जिवहरु माथि पनि असर परिरहेको तितो यथार्थ छ ।

यस सृष्टिको सुन्दर संरचनालाई सयौं सिमानाले छुट्याइएको छ । यहि सिमानाको विवादमा लडाइ झगडा चलिरहेको छन । पृथ्वीमाताका गर्भभित्र रहेका सयौं खनिज धातुहरुलाई प्रयोग गरी विस्फोट पदार्थ बनाई पूनः यसैलाई धवस्त पारीएको छ । तेस्रो विश्वयुदका तयारीका लागि शक्तिराष्ट्रहरु शक्ति प्रदर्शन गर्न आतुर रहेका छन । यस सुन्दर सृष्टिको रचनाकार ईश्वर परमात्मा वा God ले जे भने पनि एउटै छन । दुई वटा छन वा अरु विकल्प पनि छन भनेर अहिले सम्मका संबुद वर्गले प्रमाणित गर्न नसकेको अवस्था छ । हामी यस सृष्टिका सर्वोत्कृष्ट ठानिने मानवहरुले प्रमाणिकताका आधारमा नभई मतान्तरका आधारमा, सिदान्तका आधारमा सयौं धर्म संस्कार, हजारौ जातजाती र लाखौ थरहरुमा टुक्राएका छौ । केवल टुक्राउदै छौ । धार्मिकताका लागि ध्यान साधनाद्वारा आफ्नो जिवन परिवर्तनका लागि म आवद्ब ध्यान साधना केन्द्र पनि म प्रवेश गरेको ६ महिना नपुग्दै २ भागमा टुक्रियो । यो एउटा उदाहरण मात्र हो । खोज्दै जाने हो भने अन्य उदाहरणहरु धेरै भेटिन्छन ।

सौर्यमण्डलको एउटै मात्र जिवित ग्रह यो अति सुन्दर वगैचा पृथ्वीको सृष्टिकर्ता एउटै हुनुहुन्छ । उहाँ परमात्मा हुनुहुन्छ । अनौठो सृष्टिको सुन्दर वगैचामा सयौथरी रङ र वासनाहरुले सुसज्जीत फुलहरुले सजाए जस्तै विभिन्न रङ वनावट , उचाई, गुण विचार भएका मानवहरुले सजाइएको छ यो वगैचा । यो वगैचाको माली परमात्मा एउटै भए जस्तै धर्म एउटै हुन्छ । तिनीहरुको जात पनि एउटै हुन्छ त्यो हो मानव ।

विश्वका सम्पुर्ण मानव आत्माभित्र रहेका परमात्माहरुलाई नमन गर्दछु । मेरो विन्ति छ । यो सुन्दर सृष्टि हाम्रो साझा घर हो । यसलाई नबिगारौ , सिमाघेराका विषयमा विवाद नगरौ । ठुलोले सानालाई नहेपौ । सबै धर्म संस्कार, सबै जातजाती, सबै तह र तप्काका मानिसहरु निसकोंच विना भेदभाव विना रोकटोक पुजापाठ, होम जप, ध्यान साधना गर्न सक्ने भगवान शिव, कृष्ण, बुद, महाविर, मोहम्मद, जेसिस क्राइस्ट, कन्फ्युसियस, गोरखनाथ, नानक, ओशो, ताओ, झेन आदि सबैका सुनौला मुर्तिहरु एउटै छानो भित्र राखिएको विशाल भव्य मन्दिरहरु, विश्वका प्रमुख शहरहरुका केन्द्रहरुमा निर्माण गर्ने रहर छ ।

विश्वका सम्पुर्ण मानिसहरु संगसँगै महाशिवरात्री, श्रीकृष्ण जन्माष्टमीमा छमछमी नाच्न मन छ । दशैमा रातो अक्षता, तिहारमा सप्तरङ्गी टिका निधारमा लगाएर पिङ खेल्ने रहर छ । इद अल फितरमा रोजा बस्न, क्रिसमस मनाउन, बुद पूर्णिमा मा रमाउन मन छ । कन्फ्युसियस, नानक, ओशो, ताओ, झेनका जन्मदिनहरुमा रमाउन मन छ । आफ्नो विचार भावना उमेर मिल्ने युवायुवतिहरु विच जुनसुकै देश, कथित धर्म, कथित जात, कथित सम्प्रदायमा विना भेदभाव ससुराली, माइती विना हिच्किचाट रमाउदै आएको गएको हेर्ने रहर छ । सम्पुर्ण मानव जगत विच आपसी भाइचारा सहयोग सद्भाव विश्वास प्रेम साटासाट भएको उनिहरुमा भृकुटीको दिप बलेको हेर्ने रहर छ ।

समाप्त

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना