2026-09-13 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पश्चिम सेती बन्ने भएपछि चर्चासँगै खुशीयाली

विमलबहादुर विष्ट | जेठ १८, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि चर्चामा रहेको उक्त परियोजना निर्माणमा सरकारले निरन्तरता दिने भन्दै बजेट भाषणमार्फत जानकारी गराएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् । 

अहिले यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा निकै खुशीयाली छाएको शिखर नगरपालिका–८ का डिबी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बजेट भाषणमार्फत पश्चिम सेती निर्माणमा निरन्तरता दिने भनेको छ, बजेट भाषणमा सीमित नहोस्, काम चाँडो शुरु होस् ।”

पश्चिम सेती परियोजना सम्पन्न भएपछि सिङ्गो सुदूरपश्चिमका जनता विकासका हिसाबले समृद्ध हुने भएकाले उक्त परियोजना चाँडो निर्माण गर्नुपर्ने यहाँका स्थानीयवासीको पहिलो माग रहेको नगरपालिका–१० बानीडुग्रीसैनका प्रेमबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमलाई समृद्ध बनाउनु छ भने पश्चिम सेती बनाउनुपर्छ, अरु केही गर्नु पर्दैन ।” 

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका थिए । पश्चिम सेती आयोजना निर्माण सम्पन्न भए लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई पनि लाभ पुग्ने डोटीका काँग्रेस नेता दीपकबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, अहिलेसम्म सामान्यबाहेक केही काम भएको छैन, लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने हो भने अब पश्चिम सेती चाँडै बन्नुपर्छ ।” 

पश्चिम सेती बन्ने हल्ला शुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली छुँदैछ । आयोजना बन्ने हल्ला हल्लामै मात्र सीमित भएको भन्दै कतिपयले अब पनि पश्चिम सेती बन्छ भन्नेमा खासै विश्वास गरेका छैनन् । अर्का स्थानीयवासी डिलबहादुर सिंहले भन्नुभयो, “सरकारले बर्सेनि बजेट भाषणमा पश्चिम सेती बनाउने भन्छ, कतिपटक त विभिन्न कम्पनीसँग सम्झौता पनि भयो, अब पनि के बन्ला र ? काम उही, नेता उही । विकास गर्न चाहेका हुन् भने काम सम्पन्न गर्नुपर्छ ।”

बजेट भाषणमा पश्चिम सेती निर्माण गर्ने भनिएपछि निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम शुरु गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । पश्चिम सेती बन्ने हल्लापछि अहिले ड्यामसाइट तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा स्थानीयवासी सबैभन्दा बढी खुशी भएका छन् ।

नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त उक्त आयोजना निर्माण गर्ने बताए पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आर्दश गाउँपालिकाका नेविसङ्घका नेता गोविन्द खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पश्चिम सेती बनाउँछ भन्नु मूर्खता हो, विदेशी ठूला कम्पनीले हात नहालुञ्जेल पश्चिम सेती बन्दैन, बोलीले होइन कामले बन्ने हो ।” पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा बर्सेनि डोटीलगायत सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताप्रति आक्रोशित हुँदै आएका छन् । “पश्चिम सेती बन्ने भन्ने फेरि खबर आएको छ, जनता ढाँट्ने काम नहोस्”, पश्चिम सेती निर्माणस्थलका स्थानीय टेकबहादुर सिंहले भन्नुभयो, “अब पश्चिम सेतीका नाममा जनतालाई नठगियोस्, काम सम्पन्न भएरै छाडोस् ।”

 पश्चिम सेती बन्ने खबर आएपछि डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । केही समय पहिले थ्री गर्जेज कम्पनीले पश्चिम सेती नबनाउने भन्दै आफ्ना उपकरण लगेपछि निराश बनेका यहाँका स्थानीयवासी सरकारले बजेट भाषणमार्फत पश्चिम सेतीको कामलाई निरन्तरता दिने बताएपछि अहिले जिल्लावासी फेरि खुशी भएका छन् । उनीहरु भन्छन्, “पश्चिम सेती बनाउने कति आए, कति गए कसैले निर्माण गर्न सकेका छैनन्, अब हामीलाई धोका नहोस्, जस्तो परिस्थिति आए पनि काम शुरु होस् ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन