2026-10-15 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा थप एक जना संक्रमित भेटिए, जिल्ला अस्पतालमै राखेर उपचार गरिने

जेठ २४, धादिङ | धादिङमा सनिबार एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डेढसाता अघि भारतको हरियाणाबाट आएका नीलकण्ठ ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका प्रमुख महेन्द्र धमलाले साझा सबाललाई बताए । 

भारतबाट आएका ति व्यक्तिलाई नीलकण्ठ नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । धादिङमा संक्रमित देखिएपछि उनको कन्ट्रयाक हिस्ट्री खोजि गरिने र आवश्यक परे सिल गरिने धमलाले बताएका छन् । धमलाका अनुसार १८ जनाको स्वाब परीक्षण गराउदा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

ति संक्रमितलाई धादिङ अस्पतालले आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने धमलाले जानकारी दिए । धमलाका अनुसार धादिङ जिल्ला अस्पतालले कोरोना संक्रमितलाई राख्न पाँच आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । 

‘संक्रमित देखिएसंगै ति संक्रमितलाई राखिएको क्वारेन्टाइनका अरुलाई थप समय क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ, साथै उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ’ धमलाले  भने । धमलाले जिल्लाका अन्य स्थानका कतिपय क्वारेन्टाइनहरु अव्यवस्थित रहेको गुनाशो आफूले पाएको बताउदै व्यवस्थित बनाउनुपर्ने स्थानीय तहहरुलाई सुझाव समेत दिएका छन् । धमलाले क्वारेन्टाइन अव्यवस्थित हुँदा तथा क्वारेन्टाइनमा बसेकाहरुले अनुशासन पालना नगर्दा संक्रमणको जोखिम थप बढ्ने बताएका छन् । उनले कुनैपनि क्वारेन्टाइनमा एक जनालाई मात्र संक्रमण देखिदा अरुले समेत थप समय क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै क्वारेन्टाइनमा बसेकाहरुलाई सतर्क रहन समेत अनुरोध गरेका छन् । धमलाले भने ‘भारत तथा तेश्रो मुलुकबाट नागरिकहरु आउदैछन्, उहाँहरुलाई क्वारेन्टाइनमा निश्चित समय बिताएर थप समय होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने गरेका छौं, जसले नियम पालना गर्दैन र सामाजिक दुरीलाई कायम गर्दैन संक्रमणको जोखिम हुन्छ ।’ 

धादिङमा पछिल्लो समय भारतको बिभिन्न स्थानबाट उद्दार गरि ल्याइएकाहरु विभिन्न ठाउँमा स्थानीय तहआ कारेन्टाइनमा राखिएका छन् । क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिनसम्म कारेन्टाइनमा राखेर आरडीटि गरिन्छ र पोजेटिभ आए पिसिआर परीक्षण गराउने गरिएको छ । 

सनिबार भेटिएका थप एक जनासंगै धादिङ जिल्लामा संक्रमितहरुको संख्या ५ पुगेको छ । जसमध्ये २ जना निको भई घर गइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने