२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार : कोरिया जान अन्तिम चरणमा पुगेका युवाहरुको लागि हवाई उडान कहिले हुन्छ ?

२६ जेष्ठ २०७७, सोमबार ०७:३२

जेठ २६, काठमाडौँ | नमस्कार। नेपाली युवाको आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरिया इपिएस भाषा परीक्षा पास गरि रोजगारीको शिलशिलामा रोजगारदातासंग श्रम सम्झौता भएर अन्तिम चरण मा पुगेका हजारौं युवायुवति अन्योलमा परेका छन् । दक्षिण कोरिया जान इपिएस भाषा परीक्षा पास गर्नु पर्ने हुन्छ । जसको मान्य अबधी दुई बर्ष को रहेने गर्दछ । 

कोरियामा गएर काम गर्ने सपना बुनेका युवाहरुलाइ कोरिया पुगेर काम गर्न त्यति सहज परिस्थिति भने हुदैन इपिएस भाषा परिक्षा पास गरेर लामो समय को पर्खाइ पछि रोजगार दाता ले छनोट गरेको अबस्थामा मात्रा कोरिया जान पाउने नियम छ । 

नेपाल सरकार र कोरिया सरकार को जि टु जि सिस्टम भएपनी सबै कामदार छनोट देखि कोरिया पुग्ने बेला सम्म रोजगारदाताको हात मा भर पर्छ ।  तर उसलाई आवाश्यक परेको समयमा कामदार नपुग्दा श्रम सम्झौता क्यासिल गर्ने अधिकार रोजगार दातासग हुन्छ । र धेरै को क्यासिल भएर रोजगार गुमाइरहेका छन् । यस प्रती नेपाल सरकारले ध्यान नदिने हो भने हजारौं  युवायुवती को रोजगार गुम्ने निश्चित  छ । 

उच्च प्रतिस्पर्धा बाट भाषा परीक्षा पास गरि कोरियामा गएर रोजगार गर्ने युवायुवतीको सपना सुनिस्चित  गर्न नेपाल सरकार र कोरिया सरकार बीच  सम्झौता  हुनु जरुरी देखिन्छ। कोरिया जान भनि युवायुवती ले कोरियन भाषा पढ्ने गर्दछन् । कति साहुसंग  पैसा लिएर बिहान को समय मा झोला बोकि जाडो गर्मी नभनी दुख गरेर त्यत्रो प्रतिस्पर्धा को साथ मा पास गर्छन् । अनि कोरिया जान सपना बुन्छन् । 

रोजगारदाताले कहिले छनोट गर्ला ? भन्ने युवायुवतिको आकाङ्क्षा रहन्छ । कतिपए युवायुवतिहरु रोजगारदाता को छनोट मा नपरी त्यतिकै रोजगार गुमाइरहेका  छन् । उनीहरु को २ बर्षको अवधि सकिएको छ । यस्तो बेवारिसे तरिका बाट इपिएस प्रणाली रहेको अवस्थामा आवाश्यक अनुसार  पास गरेर कोरिया गएर रोजगार गर्ने वातावरण सर्जना नगरिदिने हो भने इपिएस प्रणाली  प्रती प्रश्न उठाउन सक्छन । यस सम्बन्धि नेपाल सरकार ले केही सोच्ने हो कि । 

अहिले उडानको अन्तिम चरण मा पुगेका लगभग  १५ सय अनि फेरि रोजगारदाताले श्रम सम्झौता पठाएर पनि लेबर क्याट्राक साइन देखि सिसिभिआइ भर्न बाकी १४ सयको हाराहारीमा रहेका युवायुवतीहरु को रोजगारी गुम्न नदिने गरि इपिएस शाखा ले काम गर्नु आवाश्यक छ । 

हामी ले कसैको रोजगार गुम्न दिदैनौ भनेर इपिएस ले भने पनि आवाश्यक परेको समय मा कामदार नपुग्दा रोजगारी गुमाउने कुरा छर्लङ्ग छ । केही समय अगाडि मन्त्रीपरिषदबाट दक्षिण कोरिया जाने युवायुवतीको लागि अनुमती दिएको थियो । पछि बिदामा आएकाहरुको लागि भनेर भने पनि त्यो चरण पनि खासै प्रभाकारी ढंगको देखिएन । 

अब नेपाल सरकार,  श्रम मन्त्रालय , वैदेशिक रोजगार विभाग, इपिएस कार्यलयको आपासी छलफलको आधारमा छलफल गरेर नपठाउने हो भने हजारौं युवाको रोजगार देखि देशमा आउने रेमिटेन्स पनि सम्म घट्ने देखिन्छ ।नेपाल सरकारले जापन, अमेरिका, हन्कङको लागि उडान भरिसकेको छ । साथमा नेपाल को एक मात्रा अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय एयरर्पोट  मा सामाजिक दुरि कायम  रहने गरि सुरक्षित नीति अबलंबन गरि सकेको छ । अब कोरिया जान अन्तिम चरण मा पुगेका युवाहरु लाई प्रक्रिया पुर्याएर नपठाउने हो भने हजारौ युवा अन्योलमा पर्ने निश्चित छ । जापान, हन्कङ  देशको लागि उडान भर्दा कोरिया जान तयार युवायुवतीलाई मुख दर्शन बनाउने हो भने युवायुवतीको रोजगारी गुम्ने सुनिस्चित छ । यसप्रति नेपाल सरकारले केही सोच्नु जरुरी छ ।

 बिमल भुसाल, पैयु गाउँपालिका, पर्वत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य