२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोती घटना: नौ प्रतिवादीको सकियो बयान

२ असार २०७७, मंगलवार १६:५९

असार २, रुकुम | चौरजहारी–८  सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ ।  कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो । 

अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ  छ ।  बयान बुधबार पनि  हुने छ । घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ । आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि  मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो । गत जेठ १० गते  चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक  जनाको मृत्यु भएको थियो । 

यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर,  राम नेपाली, विजय विश्वकर्मा र सुष्मा बरालीको अध्ययन टोलीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य