१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीमा डिसेम्बरमै थियो कोरोना भाइरस

५ असार २०७७, शुक्रबार १६:३६

असार ५, काठमाडौं । वैज्ञानिकहरुले गत डिसेम्बर महिनामा नै इटालीको सहरमा कोरोना भाइरस (कोभिड–१९) रहेको बताएका छन् । इटालीको पानीको परीक्षण गर्दा डिसेम्बर १८ मा नै कोरोना भाइरस फेला परेको बीबीसीले उल्लेख गरेको छ ।

इटालीको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार मिलान र ट्युरिनको पानीमा डिसेम्बर १८ मा नै कोरोना भाइरस रहेको पाइएको हो ।

चीनका अधिकारीहरुले कोरोना भाइरसको पुष्टि डिसेम्बरको अन्तिममा गरेका थिए । साथै आधिकारिक रुपमा इटालीमा गत फेब्रुअरीमा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए ।

यसअघि गत मे महिनामा फ्रान्सका वैज्ञानिकहरुले पनि २७ डिसेम्बरमा नै फ्रान्समा कोरोना भाइरसका संक्रमित फेला परेको दाबी गरेका थिए । त्यतिबेला उक्त बिरामीहरुमा निमोनियाको आशंका गरिएको भए पनि अन्तिममा ती बिरामीमा कोरोना भाइरसको संक्रमण रहेको पाइएको वैज्ञानिकहरुले बताएका थिए ।

स्पेनमा पनि मध्य जनवरीमा बार्सिलोनाको पानीमा कोरोना भाइरस पाइएको थियो । यद्यपि स्पेनले त्यसको ४० दिनपछि मात्र आधिकारिक रुपमा कोरोना भाइरसका पहिलो संक्रमित पाइएको बताएको थियो ।

स्रोत: बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल