2026-07-25 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीमा डिसेम्बरमै थियो कोरोना भाइरस

असार ५, काठमाडौं । वैज्ञानिकहरुले गत डिसेम्बर महिनामा नै इटालीको सहरमा कोरोना भाइरस (कोभिड–१९) रहेको बताएका छन् । इटालीको पानीको परीक्षण गर्दा डिसेम्बर १८ मा नै कोरोना भाइरस फेला परेको बीबीसीले उल्लेख गरेको छ ।

इटालीको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार मिलान र ट्युरिनको पानीमा डिसेम्बर १८ मा नै कोरोना भाइरस रहेको पाइएको हो ।

चीनका अधिकारीहरुले कोरोना भाइरसको पुष्टि डिसेम्बरको अन्तिममा गरेका थिए । साथै आधिकारिक रुपमा इटालीमा गत फेब्रुअरीमा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए ।

यसअघि गत मे महिनामा फ्रान्सका वैज्ञानिकहरुले पनि २७ डिसेम्बरमा नै फ्रान्समा कोरोना भाइरसका संक्रमित फेला परेको दाबी गरेका थिए । त्यतिबेला उक्त बिरामीहरुमा निमोनियाको आशंका गरिएको भए पनि अन्तिममा ती बिरामीमा कोरोना भाइरसको संक्रमण रहेको पाइएको वैज्ञानिकहरुले बताएका थिए ।

स्पेनमा पनि मध्य जनवरीमा बार्सिलोनाको पानीमा कोरोना भाइरस पाइएको थियो । यद्यपि स्पेनले त्यसको ४० दिनपछि मात्र आधिकारिक रुपमा कोरोना भाइरसका पहिलो संक्रमित पाइएको बताएको थियो ।

स्रोत: बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक