३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असार सातमा अद्भुत खालको ग्रहण लाग्दै, यस्तो छ ज्योतिषीको भनाई

६ असार २०७७, शनिबार ११:०२

असार ६, काठमाडौं । यही वि.सं. २०७७ असार ७ गते आइतवार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । विहान १०:५० बजेदेखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनटको हुने संवद्ध स्रोतहरुले उल्लेख गरेका छन् । 

यसै सन्दर्भमा ज्योतिषी दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा यो ग्रहणको बारेमा एक भिडियो अपलोड गरेका छन् । सो युट्युबमार्फत बेलाबेलामा ज्योतिषीय इन्फर्मेशन दिने गरेका सुवेदीले यस पटक लाग्दै गरेको ग्रहण अन्य ग्रहण भन्दा फरक रहेको बताएका छन् । 

२०७६ पौष १० गते लागेको सूर्य ग्रहण विशेष असाधारण भएकै कारण विश्वले कोरोनाको महामारी खेप्न परेको उनको भनाई छ । पौषमा धेरै ग्रह ग्रस्त थिए भने यस पटक लाग्दै गरेको ग्रहणकालमा धेरै ग्रह बक्र छन् । यसै पनि कोरोनाको कारण विश्वभर आर्थिक मन्दि भइरहेको बेला बक्र ग्रहले त्यसलाई झन बढाउने खतरा हुने उनको भनाई छ । 

यो ग्रहण पछि कोरोनाको महामारी क्रमशः कम हुँदै जाने ज्यो. सुवेदीको भनाई रहेको छ । नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, कंगो, इथिओपिया, युरोप, हिन्दमहासागर, प्रशान्तमहासागर, अफ्रिका लगायतका विश्वका धेरै मुलुकबाट देखिने यो ग्रहण मृर्गशिरा एवं आद्र्रा नक्षत्र र मिथुन राशिमा लाग्ने भएकोले मिथुन राशिका व्यक्तिलाई बढी असर कारक हुने सुवेदीको भनाइ छ । 

मेष राशिको लागि व्यक्तिगत रुपमा फाइदाजनक हुने, श्रीवृद्धि हुने, वृष राशिको लागि क्षतिकर हुने, लेनदेन आदि कारोबारमा सावधानी अप्नाउनु पर्ने । मिथुन राशिको लागि अल्लि बढी कष्टकर अथवा घातप्रद हुने, कर्कट राशिको लागि ग्रहणको फल व्ययकर अर्थात खर्चप्रद रहने, सिंह राशिको लागि भने यो ग्रहणको फल लाभकर हुने उनको भनाई छ । यसै गरी कन्या राशिको लागि सुखप्रद, मानप्रतिष्ठा, कामकार्यमा उन्नतिप्रगति हुने, तुला राशिको लागि मान नाश हुने, जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुने भनिएको छ । वृश्चिक राशिको लागि स्वास्थ्यमा कष्ट पर्नसक्ने, आहारविहार आदिमा ध्यान पुर्याउनु पर्ने बताइएको छ ।  धनु राशिको लागि श्रीमानश्रीमती तथा प्रेमि प्रेमिकाबीच द्वन्द पर्नसक्ने, व्यापार कारोबार र यात्रामा पनि ख्याल पुर्याउनु पर्नेछ । यसै गरी मकर राशिको लागि सुख एवं आरोग्यवर्धक रहने, कुम्भ राशिको लागि चिन्ता बढाउने संभावना, विद्यार्थीहरुले अध्ययनमा बढी प्रयत्न गर्नुपर्ने, मीन राशिको लागि यो ग्रहणको फल रोगव्याधिप्रद रहने र खानपान आदिमा ध्यान दिनुपर्ने सुवेदीको ज्योतिषीय विश्लेषण छ । 

ग्रहणको बारेमा थप जानकारी सुवेदीले बताएको यो भिडियोबाट लिनसक्नु हुनेछ–

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड