२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भावस्थामा रोग प्रतिरोध क्षमता बढाउने ९ टिप्स यस्ता छन्

२०७७, ७ असार आईतवार ०५:१३

असार ७, काठमाडौं । गर्भावस्थामा सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ । यो समय एक संवेदनशील समय हो । गर्भवतीमा यतिबेला शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई शारीरिक र मानसिक रुपमा सन्तुलित राख्नुपर्छ।

गर्भवतीको मानसिक स्थितिसँग गर्भमा हुर्कंदै गएको बच्चाको स्वास्थ्यको समेत सोझो सम्बन्ध रहन्छ । गर्भावस्थामा उचित खानपान र सन्तुलित जीवनशैली मात्र होइन सोच चिन्तन पनि सकारात्मक हुन जरुरी छ ।

त्यसै त गर्भावस्था खुसी, उमङ्गित, सकारात्मक एवं चिन्तामुक्त हुनुपर्छ भनिएको हो । गर्भावस्थामा हुनसक्ने सम्भावित जोखिमबाट बच्न वा गर्भको बच्चाको स्वस्थ्य सही राख्नका लागि पनि गर्भवतीले आफ्नो शारीरिक स्वास्थ्य र तन्दुरुस्तीमा जोड दिनुपर्छ।

गर्भावस्थामा संगीत सुन्नु पनि राम्रो मानिन्छ । यसले गर्भवतीलाई अनावश्यक मानसिक तनावबाट मुक्त राख्न मद्दत गर्छ ।मनलाई शान्त र आनन्दित तुल्याउँछ । साथसाथै यस क्षणमा कसरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने कुरामा ख्याल गर्न आवश्यक छ।  अतः गर्भावस्थामा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने  ? जान्नुहोस

नियमित प्राणायाम

यस क्षणमा गहिरो सास लिने, छाड्ने अभ्यास गर्नु उचित हुन्छ । यसले शरीरमा पर्याप्त अक्सिजन प्रवाह हुन पाउँछ । यो आमा र बच्चा दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कुनै पनि समयमा गहिरो सास लिने र छाड्ने अभ्यास गर्न सकिन्छ । सकेसम्म शान्त र हरियाली वातावरणमा बसेर यस्तो अभ्यास गर्न सकिन्छ । त्यसो त घरमै काम गरिरहेको बखत, विश्राम गरिरहेको बखत पनि यो अभ्यास गर्न सकिन्छ ।

घामको न्यानो

यतिबेला बिहानको घाममा शरीरलाई न्यानो बनाउनु उचित हुन्छ । कम्तीमा १० मिनेट भए पनि घामको तापमा बस्नुपर्छ । यसले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । गर्भावस्थामा भिटामिन डी एकदमै आवश्यक हुन्छ ।

ब्रह्ममुहूर्तमा उठ्ने

कतिपयलाई बिहान उठ्न अल्छी लाग्छ । यद्यपि शारीरिक एवं मानसिक स्वास्थ्यका लागि बिहान चाँडै उठ्नु जरुरी छ । अझ सूर्योदयअघि । बिहान ४ बजेदेखि सूर्योदयअघिको समयलाई ब्रह्ममुहूर्त भनिन्छ । यसबेला वायुमण्डलमा शुद्ध वायु चलिरहेको हुन्छ, जसलाई प्राणवायु भनिन्छ। बिहान ४ बजेको आसपासमा उठ्ने र खुला हावामा हिँडडुल गर्ने अभ्यास एकदमै उचित हुन्छ ।

अनुलोम बिलोम

प्राणायामकै एक सरल र उत्कृष्ट विधि हो यो पनि । एउटा नाक बन्द गर्ने, अर्को नाकले गहिरो सास लिने । उक्त नाक बन्द गरेर अर्को नाकले सास छाड्ने । पुनः सास छाडेको नाकले सास लिने । यही क्रिया निरन्तर गर्ने । अनुलोम बिलोम कुनै पनि क्षणमा गर्न सकिन्छ । यस क्रियाले हाम्रो फोक्सोको कार्यक्षमता बढाउँछ ।

मनतातो पानीले नुहाउने

गर्मी मौसम छ । त्यसैले सम्भव भएसम्म दिनदिनै नुहाउनु उचित हुन्छ । मनतातो पानीमा नुन मिसाएर नुहाउनु उत्तम हो । यसबेला शारीरिक सरसफाइमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले नियमित नुहाउनु राम्रो हो ।

मौसमी सागपात र फलफूल

मौसमी खानपानमा जोड दिनुपर्छ । सलाद, सागपात, फलफूल, झोलिलो पदार्थ खानेकुरामा सामेल गर्नुपर्छ । खरबुजाजस्ता फलफूलको सेवनले निकै फाइदा गर्छ । नियमित एक गिलास शुद्ध दूध पिउनु उचित हुन्छ ।

भोक लागेकोभन्दा केही कम खाने

जब भोक लाग्छ पेटभर खानु ठिक हुन्न । समयसमयमा खाइरहनुपर्छ, जसले गर्दा सहजै पच्न सकोस् । जति भोक लागेको छ, त्योभन्दा केही कम खानेकुरा खानुपर्छ । खाना सुपाच्य र पोषिलो हुन जरुरी छ ।

संगीत सुन्ने, मनोरञ्जन गर्ने गर्भावस्थामा सकेसम्म आफूलाई रमाइलो माहोलमा राख्ने प्रयास गरौं । रोमान्टिक गीतहरू सुन्ने, फिल्महरू हेर्ने, पुस्तक पढ्ने गरौं । यसले मनलाई आनन्दित तुल्याउँछ । नकारात्मक भाव आउन दिँदैन । दुःख र भय हटाउँछ।

ध्यानको अभ्यास

ध्यानले मनलाई शान्ति दिन्छ । बेचैनी, तनाव, डर हटाउँछ । ध्यान मुद्रामा बसेर आफ्नो श्वासप्रश्वास प्रक्रियामा ध्यान केन्द्रित गर्ने । दैनिक १०–१५ मिनेट भए पनि ध्यानको अभ्यास गर्न सकिन्छ ।

सक्रिय रहने

गर्भावस्थामा हल्का काम गरेर भए पनि शरीरलाई सक्रिय राख्ने । भारी काम गर्न उचित हुँदैन । यद्यपि सामान्य कामहरू गरेर शरीरलाई फूर्तिलो राख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम