८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड–१९ मा खर्च गर्न निर्देशन

९ असार २०७७, मंगलवार १०:०४

असार ९, काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । स्थानीय पूर्वाधार कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७७ को तेस्रो संशोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०७६/७७ को कार्यक्रम आयोजनालाई छुट्याइएको तर खर्च गर्न बाँकी रकम कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न निर्देशन दिएको हो । 

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रमलाई खर्च नभएको रकम कोभिड–१९ नियन्त्रणमा गरिने निर्णय गरेसँगै मन्त्रालयले कार्यक्रम निर्देशक, समितिका संयोजकले अन्य सदस्यसँग परामर्श गरी सबै स्थानीय तहको कोभिड–१९ नियन्त्रण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यक्रमको कुनै आयोजनामा खर्च नभई बचत रहेको रकम स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा राखी कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि खर्च गर्ने छन् । कार्यक्रमको बाँकी रकम यही असार १५ गतेसम्म स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्न भनिएको छ । खरिद प्रक्रियामा नै नगई बाँकी रकम ठेक्का व्यवस्थापन गर्दा बचत हुन गएको र निर्माण व्यवसायी तथा उपभोक्ता समितिसँग भएको सम्झौता बमोजिमको कामको बाँकी रकम जम्मा गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो । निर्देशनमा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रमअन्तर्गत आफ्नो गाउँपालिका तथा नगरपालिकामा विनियोजन भएको रकममध्ये बचत हुने रकम एकीन गरी कार्यक्रम निर्देशक समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउने भनिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता