By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: संभव के छैन ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > संभव के छैन ?
काठमाडौँ - KTMबर्दिया - BRDलेख

संभव के छैन ?

साझासवाल
Last updated: June 24, 2020 3:12 am
साझासवाल
8 Min Read
Share

सायद मानिसहरुले पत्याएनन् होला सन् १९३०  अगस्ट ५ मा अमेरीकाको ओहायोमा जन्मेका निल आर्मस्ट्रले चन्द्रमामा पाइला राख्लान् र यो कार्य सम्भव होला र भनेर ? आखिर उनले सन् १९६९ जुलाइ २० मा चन्द्रमामा पाइला राखेरै छोडे । विश्व इतिहासमा आफ्नो नाम लेखाएरै छोडे । सफल भए । यसैगरी यहाँहरुले अमेरीकन दाजुभाइ राइटको बारेमा पक्कै पनि सुन्नुभएकै होला । पढ्नुभएकै होला । तिनीहरुले हवाईजहाज बनाउने सपना बोकेर कुनै कवाड पसलमा गएर केही सामान माग्दा त्यहाँका केही कर्मचारीहरुले लखेटेका थिए । तर उनीहरु कत्तिपनि विचलित भएनन् र उनीहरू आफ्नो सपनालाई साकार बनाउन बरु निरन्तर रुपमा लागिरहे अन्ततः तिनै राइट दाजुभइ ओर्भिल र विल्बर राइटले सन् १९०३ को डिसेम्बर १७ मा पहिलेपटक हवाइजहाजको निर्माण गरी सफल परीक्षण गरे । 

यस्तै छ यो संसार अनि मानवको स्वभाव । कसैले केही काम गर्न लाग्यो अझ थोरै जनमानसका साथमा गर्दैछ भने त उसको यति धेरै आलोचना गरिन्छ चाहे त्यो समाजको लागि अत्यन्तै अनमोल काम नै किन नहोस् । अझ के के हो के के उपमा दिएर हाइलाइट हुन गरेको रे, अगाडि आउने गरेको रे, दुनियालाई देखाउन गरेको रे । के के हो के के ?

हजुरहामी सबैलाई थाहा नै छ । शुरुमा नेपाल टेलिकमले मोबाइलका सिम बितरण गर्दा अघिल्लो दिनदेखि नै शिवरात्रीमा पशुपतिनाथमा महादेवको दर्शन गर्न लाइन लागेझैं नेपालगञ्जमा गएर रातभरी लाइनमा बसेर सिम लिएको । कोही ब्यक्तिले सिम पाए रे भन्दा ठूलै भूकम्प आएको जस्तो गरी पुरै गाउँभर हल्ला फैलिएको थियो । अचम्मै भएको हैन र ? त्यस्तै गाउँमा रेडियो हुनु, टेलिभिजन हुनु अचम्मै हुन्थ्यो । रेडियो टेलिभिजनको पहुँचमा त ठूलाबडाहरु मात्रै हुन्थे । अब आजभोलि हेरौँ त के छ अवस्था ? 

हजुरलाई के थाहा र मलाई थाहा छ त्यो कुरा । एक समाजका बुज्रुकले भन्नुभएको थियो, “जतिबेला मोबाइल नभएपछि तँ खत्तम हुन्छस् तैँले प्रयोग गर्ने पर्छ भन्ने अवस्था नआउला त्यतिबेलासम्म म मोबाइल किन्दिन ।” मलाई अहिले पनि झल्झल्ती सम्झिरहेको छु वहाँको यो उद्गार । सायद वहाँ त अहिले पिटपिटे हैन राम्रै खालको एन्ड्रोइइ नै चलाइरहनुभएको होला । 

अहिलेको अवस्था एकातिर कोरोनाको कहर छ । हामी लकडाउनको पालना तथा अन्य सुरक्षाका लागि अपनाउनु पर्ने सावधानीहरु अपनाइरहेका नै छौँ । यो अवस्थामा प्रविधिलाई रुचाउने शिक्षकहरु साँच्चै भन्नु पर्दा अघिपछी विद्यालयमा भन्दा कयौँ गुना स्वयंसेवी रुपमा खटिएका छन् । आफूले पनि प्रविधिका कुराहरु सिकिरहेका छन् र आफूले जानेका कुराहरु अरुलाई सिकाइरहेका छन् । यो अभियानको श्रेय भनेको जसले जेसुकै भनोस् प्रविधिमैत्री शिक्षक समाज नेपाललाई नै जान्छ । अझ भनौँ जुम एपको प्रभावकारी प्रयोगका लागि यही संस्थालाई नै श्रेय जान्छ । अहिले देशैभरका जाँगरीला शिक्षकहरु भने अहिलेको यो खाली समयलाई उपयोग गरेर प्रविधि सिकिरहेका छन् । यसै क्रममा पनि विभिन्न किसिमका टिप्पणीहरु भने भैरहेकै छन् । यसो हुनु अस्वभाविक कुरा पनि हैन किनकी धतुरोको बोटमा कहिल्यै पनि आँप फल्दैन । यस प्रकारको तालिम यदि सरकारी स्तरमा हुन्थ्यो वा गरिन्थ्यो भने यस भित्रका अकल्पनीय कुराहरु त नगरौँ तर करोडौँको बजेटमा पनि संभव नहुने काम यो संस्थाले गरेर देखाइदिएको छ । अब यसको प्रयोगलाई कक्षाकोठामा कसरी पुर्याउने भन्ने चिन्ता अर्को चुनौती हो । यसका लगि सबैभन्दा पहिला त विद्यालयमा नै सकारात्मक भावना र विचार भएका प्रधानाध्यापकको आवश्यकता हुन्छ । त्यसका लागि प्रविधिको महत्व बुझेका प्रधानाध्यापकको आवश्यकता पर्दछ किनकी प्रविधिको प्रयोग विद्यालय र कक्षाकोठामा तबमात्र हुन सक्दछ, जब प्रधानाध्यापकको इच्छा हुन्छ । यसका लागि शिक्षकले सिकेर मात्रै पुग्दैन कमसेकम सिकेका कुराहरुलाई कक्षाकोठामा पुर्याउनका लागि आवश्यक न्यूनतम सामग्रीहरु जस्तैः ल्यापटप, प्रोजेक्टर, स्मार्ट बोर्ड, स्मार्ट टिभी सहितका प्रविधिमैत्री कक्षाकोठाहरु पनि आवश्यक हुन्छन् । फेरी यी सामग्रीहरु लाखौँको खर्चमा किन्ने तर प्रयोग गर्दा भने हिफाजत र संरक्षण हुने तरीकाले अत्यन्तै संवेदनशील भएर प्रयोग गर्न आवश्यक हुन्छ । 

यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको आयोजनामा जेठ २२ गतेदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको राष्ट्रव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । यसका अन्य धेरै पक्षहरु हुन सक्लान् । सबैको पहुँच अनि सहभागिताको कुरालाई अहिले यहीँ थाँती राखौँ तर यसका सकारात्मक पक्षहरुलाई केलाउने हो भने एक सय पचास बढीको आवेदन परेको र जसबाट झण्डै एक सयजनालाई अडिसनका लागि छनोट गरिएकोमा पूर्व इलामदेखि सुदुरसम्मका विद्यार्थीहरु सहभागी थिए । 

जुम क्लाउडका माध्यमबाट विद्यार्थीहरु अत्यन्तै सक्रिय रुपमा यो कार्यक्रममा सहभागी भए । उनीहरुले आफ्नो प्रतिभा निखारे, केही सिके, केही देखे, केही बुझे, केही आत्मसात गरे । ती बालबालिकाहरुका लागि यो एउटा सुनौलो अवसर भयो । 

सहभागीहरुमध्ये मापदण्डअनुसार छनोटमा परेका ९८ जनालाई पहिलो अडिसनमा समावेश गरिएको थियो । गोलाप्रथाद्वारा विषय छनोट गराएर गरिएको अडिसन चरणबाट २० जनालाई छनोट गरी सेमीफाइनलमा प्रवेश गराइएको थियो ।

सेमीफाइनलमा छनोटमा परेका २० जना प्रतियोगीहरुलाई दुईओटा समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त सेमीफाइनलबाट १० जनालाई अन्तिम चरणका लागि छनोट गरिएको थियो । यसरी फाइनल प्रतिस्पर्धामा पुग्ने सहभागीहरुमा नन्दी मावि काठमाडौकी अन्जु खड्का, अमरसिंह नमूना मावि  कास्कीकी अपेक्षा अधिकारी, भिसमेन आदर्श मावि नवलपरासीका विक्रम गिरी, ज्ञानोदय नमूना मावि खजुरा बाँकेकी दिपशिखा भण्डारी, नेपाल राष्ट्रिय मावि बाँसगढी बर्दियाकी हरिकला अधिकारी, भानु मावि चुलाचुली इलामका प्रशान चम्लागाईं, बगलामुखी राधाकृष्ण थारु माविकी प्रश्ना सुवेदी, पार्दी मावि पोखराकी रोजिना खत्री, जनता मावि तानसेनकी सदिक्षा ढकाल, दमकडा मावि तानसेनका सन्दिप थापा रहेका थिए । 

अन्तिम चरणको प्रतियोगिता असार ६ गते भएको थियो । जसमा “विभेद रहित समाजको निर्माणमा विद्यार्थीको भूमिका” विषयमा प्रतियोगीले वक्तृता प्रस्तुत गरेका थिए । प्रतियोगिताको अन्तिम नतिजा भने ७ गते आइतबार घोषणा गरिएको थियो । 

उत्कृष्ट दशमध्ये बगलामुखी राधाकृष्ण थारु माविकी प्रश्ना सुवेदी, दमकडा मावि तानसेनका सन्दिप थापा र अमरसिंह नमूना मावि  कास्कीकी अपेक्षा अधिकारी क्रमशः प्रथम द्वित्तीय र तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेहरुका लागि क्रमशः नगद रु. पच्चीस हजार, पन्ध्र हजार र दश हजार प्रदान गरिएको थियो भने उत्कृष्ट दशमा पर्न सफलमध्ये बाँकी सात जनालाई दुई हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । सहभागी सबैलाई प्रमाणपत्र र शैक्षिक वेभ कुलाबले अफलाइन अध्ययन सफ्टवेयर प्रदान गरेको थियो । यसरी गरेमा के हुँदैन र भन्ने अत्यन्तै नमूनायोग्य उदाहरण नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले दिएको छ । 

अतः हाम्रा सबै पालिकाहरुले पनि यस प्रकारका सिर्जनशील कार्यहरु सञ्चालन गरेर लकडाउनको समयमा घरमै बसेका बालबालिकाहरुलाई विभिन्न प्रकारका सिर्जनात्मक कार्यहरुमा आवद्ध गराएर उनीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गरी सर्वाङ्गीण विकासमा टेवा पुर्याउन सकिन्छ । सम्भावना अनेक छन् अब कुरा रह्यो मात्र इच्छाशक्तिको । यति मात्रै हैन शैली थिएटरले पनि विश्व बाल कविता, निवन्ध प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चानल गरिरहेको छ । यस्तै विभिन्न कार्यक्रमहरुको आयोजना गरेर ग्रामीण बालबालिकाहरुको पहुँचमा पुर्याउन सकिएमा बालबालिकाहरु पनि व्यस्त हुने थिए र केही न केही कुराहरु सिक्न उत्प्रेरित हुने थिए । गरेमा वा गर्न चाहेमा असम्भव भन्ने कुरा त केही पनि छैन बाँकी गाउँका सिंहदरवारहरुको मर्जी । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुस्ताको निति तथा कार्यक्रम कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता
Next Article साउदीको जेद्दाबाट २५३ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मलेसिया रोजगारीबारे सरकार मौन, रोजगार गुम्ने खतरा बढ्दै

57 years ago
काठमाडौँ - KTMबिचित्र संसार

५८ लाखमा आफैंलाई बिक्री गर्न खाेजेपछि…

57 years ago
काठमाडौँ - KTMराजनीति

मुलुक समृद्ध बनाउन युवाशक्ति संगठित हुनुपर्छ: अध्यक्ष थापा

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?