कमल रावल | साउन ७, अछाम |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | साउन ७, अछाम | 

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राजनितिक दलले पुष्पलालका विचारलाई आत्म साथ गर्दै अघि बढ्नुपर्ने भनाई

७ श्रावण २०७३, शुक्रबार २०:०७


कमल रावल | साउन ७, अछाम | ३८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा “ वर्तमान राजनिति परिवेशमा पुष्पलालको विचारको शान्दर्भिकता विषयक विचार गोष्ठि मंगलसेनमा सम्पन्न भएको छ । नेकपा एमाले अछामको आयोजनामा नेकपा एमाले पार्टि कार्यालयमा भएको कार्यक्रमका प्रमुख अथिती नेकपा एमाले अछामका पुर्व अध्यक्ष कमल तिमिल्सैनाले नेपालका राजनितिकदलले जहिले पनि पुष्पलालका विचारलाई आत्म साथ गर्दै अघि बढनु पर्ने बताउनु भएको थियो ।

पुष्पलालले अघि शारेका ३ वटा विचार सघर्ष, सिद्धान्त र संगठनलाई जहिले पनि कम्युनिष्टले अघि सारेर बढनु पर्ने बताउनु भएको छ । देशको आर्थिक समृद्धि बढाउन, अरुको सामु शिर उच्च राख्नका लागी उहाँका विचार महान भएका बताउनु भयो । नेपालको राजनितिमा विपि र पुष्पलालका विचार जहिले पनि अग्र पत्तिमा रहेकाले उहाँकै विचारमा राज्य अडिक रहेका बताएका थिए । अहिलेको केन्द्रिय राजनिति नेतृत्वमा ठुलो वितृष्णा भईरहेकाले सबै राजनितिक दल एक ढिक्का भएर अघि बढनु पर्ने विचार राखेका थिए । नेकपा एमाले अछामका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्य भिम जनाला र सरिता उपाध्यायले नेपालमा जहिले पनि दिवसका दिनमा मात्र सम्झीने गरेकाले सम्मानित व्यक्तिको विचारलाई सबैले सम्मानका साथ अघि बढनु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली काग्रेस अछामका जिल्ला कार्य समिती सचिव नम बहादुर शाहीले नेपाली जनतालाई सबै अधिकार दिलाउनका लागि विपि र पुष्पलालको ठुलो योगदान रहेकाले सधै उहाँको विचारलाई अगालेर बढनु पर्ने बताएका थिए । राजनितिक दलको रुपमा फरक फरक भएपनि जनताका लागि एउटै एजेण्डा लिएर अघि बढेका बताएका थिए । कार्यक्रममा नेपाल राष्टिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, अनेरास्वीयु केन्द्रिय कमिटी सदस्य डम्मर विसि, प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहराले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ श्रम जिविको वर्गका मुक्तिदाता, नेपाली जनताका पक्षमा बोल्ने व्यक्ति भएकाले अहिलेको राजनितिक व्यवस्थामा उहाँका विचार निकै मार्ग प्रशस्त भएका बताएका थिए । कार्यक्रममा सहभागि सबैले उहाँको फोटोमा माल्यार्पणका साथै अब्बिर लगाएर श्रदासुमन व्यक्त गरेका थिए । कार्यक्रमको संचालन एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहराले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य