२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कोभिड–१९ का कारण सुदुरपश्चिममा छ जनाको मृत्यु

१४ असार २०७७, आईतवार ०४:०६

असार १४, कैलाली | कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

कोभिड—१९ को सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ११६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २१४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । 

नयाँ थपिएका प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार ७६ पुगेको छ । जसमा ४२४ महिला र बाँकी पुरुष रहेका छन् । शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो । 

जिल्लागत रुपमा हालसम्म कैलालीमा ५७७ जना, अछाममा १३३, बैतडीमा २३१, बझाङमा ७२, बाजुरामा १९१, डडेलधुरामा २२६, दार्चुलामा १६, डोटीमा ३२३, र कञ्चनपुरमा ३०७ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । जाँचकोे अवस्थाः प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा एक लाख २५ हजार २९३ को नमूना जाँच गरिसकिएको छ । 

आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९३५ जनामा गरिएकोमा दुई हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट एक लाख आठ हजार ३५८ को स्वास्थ्य जाँच गरिएको छ । प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् । 

सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ । सङ्क्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । अस्पतालको आइसोलेशनमा रहेकाहरु १३५ जना रहेकोमा अधिकांश सङ्क्रमित स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५९४  सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ । 

स्वाब नमूना जाँचको दायरा बढाउन प्रदेशको डोटी र बैतडीमा एक/एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम पीसीआर मेसिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको जनाइएको छ । स्वाथ्य महाशाखा प्रमुख कार्कीले पछिल्लो पटक क्वारेन्टिनमा बसेकाको आरडीटी किटमार्फत मेलेरिया रोगको जाँच गर्ने काम पनि भइरहेको छ । पछिल्ला महिनामा प्रदेशमा मलेरिया, कालाजार र डेंगू जस्ता सङ्क्रमक रोग देखिन थालेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए