महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति ब"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

यौनाङ्ग आकारको बढी चिन्ता महिलामा हुन्छ कि पुरुषमा ?

८ श्रावण २०७३, शनिबार ०९:०९

महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति बढी चिन्तित हुने गरेको पाइएको छ । यो तथ्य बेलायतबाट प्रकाशित हुने युरोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।

बेलायतको रोयल हालमशायर अस्पतालका डा. केभन वाइलिकाअनुसार पुरुषले ठुलो लिंग भएमा यौनप्रति आत्मविश्वास बढ्ने विश्वास राख्छन् भने महिलाहरुमा ठुलो या सानो आकारले कुनै असर गर्दैन । अध्ययनमा क्रममा ११ हजार ५ सय ३१ जनाको लिंगको आकारको नाप लिइएको थियो ।

 त्यसक्रममा उत्तेजित लिंगको लम्बाई १४ देखि १६ सेन्टिमिटरसम्म रहेको पाइएको थियो । अध्ययनका क्रममा टोलीले लिंगको आकार बढाउन प्रयोग गरिएका विभिन्न अनौठा परम्पराबारे पनि जानकारी लिएका थिए । 

त्यसमध्ये ब्राजिलको टोपिनामा जाति एक थियो । ती समुदायले लिंगको आकार बढाउन ६ महिनासम्म विषालु सर्पले टोकाएर राख्ने गरेको पाइएको थियो । यस्तै, भारतीय साधुहरुले आकार बढाउन लिंगले ग¥हुंगो तौल उठाउने अभ्यास गर्छन् । यस्तै, बोर्नियोका मानिसले आफ्नो यौन साथीलाई उत्तेजित बनाउन लिंगमा प्वालपारी विभिन्न चिज राख्ने गर्छन् ।

अध्ययनका क्रममा ५० हजार महिलातथा पुरुषलाई पनि समावेश गरिएकोथियो । तीमध्ये ६६ प्रतिशत पुरुषले आफ्नो लिंगकोआकार सामान्य साइजकोभएको बताएका थिए भने २२प्रतिशतले ठुलो र १२ प्रतिशतले सानोभएको बताएका थिए । ८५ प्रतिशत महिलाहरुले आफ्नो यौन साथीको लिंगको आकारबाट सन्तुष्ट रहेकोबताएका थिए भने ५५ प्रतिशत महिलामात्रले आफूहरु सन्तुष्ट रहेको बताएका थिए ।

अर्को एकअध्ययनमा भने ९० प्रतिशत महिलाले लामोलिंग आफ्नोप्राथमिकता रहेको बताएका थिए । महिलाहरुले पुरुष आकर्षणपनि निकै जटिल कुरा भएको बताउदैं लिंगको आकार महत्वपूर्ण नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार